Successfully Copied

मोटोपना र व्यायाम 

अहिले मोटोपनको प्रमुख कारण जीवनशैली नै हो । हामीले खानेकुरा कति मात्रामा खाइरहेका छौ ? कसरी पिउँछौ, कति कसरत, कसरी हिड्छौ, कति कुलतमा फसिरहेका छौँ  यी सबले मोटोपन निर्धारण गर्छ । अहिले धेरैजसोको टेबल वर्क हुन्छ । कुर्सीमा बसेर काम गर्छन् । यसलाई सेकेन्डरी

डा. बिहानी सन्ज्याल, आरोग्य नेपाल 

बद्लिदो जीवनशैलीका कारण अहिले मानिस धेरै रोगका शिकार बनेका छन् । मोटोपनका कारण धेरै रोग लाग्ने गर्छ । शरीरमा आवश्यकता भन्दा बढी तौल हुनु नै मोटोपन हो । उचाईको अनुपातमा तौल बढी हुनु, पेट तथा ढाडमा बढी बोसो हुनु पनि मोटोपन हो । अहिले लकडाउनका कारण अफिस, विद्यालय लगायतका सबै क्षेत्र ठप्प छन् । आफ्नो स्वास्थ्यका खातिर सबैजना घरमै बस्न बाध्य छन् । शरीरमा हुने हर्मोनका कारण, औषधीको दुष्प्रभाव र वंशाणुगत कारणले पनि मोटोपन हुन सक्छ । 

अहिले मोटोपनको प्रमुख कारण जीवनशैली नै हो । हामीले खानेकुरा कति मात्रामा खाइरहेका छौ ? कसरी पिउँछौ, कति कसरत, कसरी हिड्छौ, कति कुलतमा फसिरहेका छौँ  यी सबले मोटोपन निर्धारण

गर्छ । अहिले धेरैजसोको टेबल वर्क हुन्छ । कुर्सीमा बसेर काम गर्छन् । यसलाई सडेन्टरी लाइफ स्टाइल भनिन्छ । मोटोपनको प्रमख कारण हामी नै हो र हामीभित्रै यसको कारण रहेको हुन्छ । 

मोटोपन किन हुन्छ ? 

हामीले जति आहार लिन्छौ, त्यो आहार शक्तिमा परिणत हुन्छ । त्यो शक्ति उर्जाको रुपमा खपत हुनुपर्ने हुन्छ । जति मात्रामा उर्जा लिन्छौ, त्यति मात्रामा खपत हुनुपर्छ । खपत नभै स्टोर भएको उर्जा नै मोटोपनमा परिणत हुन्छ । अहिले लकडाउनका कारण सबैको जीवनशैली अस्तव्यस्त छ । यतिबेला शारीरिक व्यायाममा कमी र आहारको मात्रा बढी रहेको छ । धेरैको घरमा बस्यो, खायो भन्ने गुनासो रहेको छ । यस्तो अवस्थामा घरमै बसेर पनि तौल व्यवस्थापन गर्न सकिन्छ । जति उर्जा लिएको छ त्यति नै उर्जाको खपत गराउनुपर्छ । त्यसका लागि योग व्यायाम गर्नु आवश्यक छ । मोटोपन कम गर्नका लागि कति आहार लिने, के लिने र कसरी त्यसको व्यस्थापन गर्ने भन्ने हुन्छ । यसैगरी उर्जाको खपत र त्यसको व्यवस्थापन पर्छ । 

हामीले खाने आहारमा कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, सागपात, मिनरल्सको मात्रा मिलाएर खानुपर्छ । अनुसन्धानका अनुसार फाइबरयुक्त खानेकुरा खाएमा मोटोपन बढ्दैन भन्ने छ । खानामा कार्बोहाइड्रेट कम र तरकारीको मात्रा र रेशायुक्त खानेकुरा बढी खानुपर्छ । नेपाली परम्परागत खानाबाट अधिक रेशा प्राप्त हुन्छ । यस्ता खानेकुरा पच्न धेरै समय लाग्ने भएकाले उर्जा धेरै मात्रामा उत्पादन हुँदैन । फलस्वरुप उर्जाको खपत थोरै गरे मात्र पुग्छ । खानाको व्यवस्थापन गरेमा मोटोपन हुन पाउँदैन । 

योग

– सुरुमा बिस्तारै जगिङ गर्नुपर्छ । यसले सम्पूर्ण शरीरका जोर्नी खुकुलो बनाई उर्जा थप्ने काम गर्छ । हातको बुढी औला राखेर मुठी बनाउने र त्यसलाई छातीको छेउमा राखेर खुट्टाको अगाडिको भागले  जगिङ गर्नपर्छ । यो जगिङ ढाडको नशा च्यापिएको, दीर्घ रोगी र वृद्धवृद्धाले गर्नुहुँदैन । 

– त्यसपछि फास्ट जगिङ गर्नुपर्छ । जति सकिन्छ घुँडालाई माथि लगेर गर्नुपर्छ । यो विधि कम्तीमा पनि २० पटक गर्नुपर्छ । नरोकीकन बिस्तारै– बिस्तारै जगिङ गर्ने । त्यसपछि पछाडि खुट्टाले बिस्तारै गर्ने र साइड जगिङ गर्नुपर्छ । 

– त्यसपछि मुख धौती गर्ने । हात साप्रामा राखेर मुखबाट छिटो–छिटो सास फेर्नुपर्छ । 

– दुवै खुट्टा फट्टाएर दुवै हातलाई छातीमा राखेर श्वास फाल्दै कम्मरलाई बटार्नुपर्छ । कम्तीमा पनि २० पटक यो अभ्यास गर्नुपर्छ । 

– त्यसपछि हात काँधको तहमा राखेर दाँया बायाँ झुक्नुपर्छ । 

– बाया हातले दाँया र दाया हातले बाया खुट्टाको बूढी औंला छुनुपर्छ । 

– दुवै खुट्टालाई जोडेर सास लिदैं माथि र छोड्दै अगाडितिर झुक्नुपर्छ ।  

– जम्पिङ गर्नु पर्छ । दुवै खुट्टा जोरेर उफ्रनुपर्छ । यो विधि २० दखि ३० पटक गर्न सकिन्छ ।

– सूर्य नमस्कार गर्नुपर्छ । यसमा १२ वटा स्टेप हुन्छन् । छिटो–छिटो १० पटक गर्नुपर्छ । 

– केही बेर विश्राम गरी आफूभित्र अहिलेको परिवर्तनलाई महसुस गर्नुपर्छ ।

– शरीरमा भएको हल्कापनलाई महसुस गरी सवासनमा बस्नुपर्छ ।

– कुनै पनि अभ्यास गरेपछि अन्तिममा गहिरो विश्राम आवश्यक हुन्छ । त्यसका लागि सवासन उपयुक्त हुन्छ । शरीरलाई जमिनमा शिथिल बनाउनुपर्छ । बिस्तारै ध्यान पेटमा लैजाने । पेट कसरी फुल्छ खुम्चिन्छ ध्यान दिनुपर्छ । लामो सास लिदै पेटलाई फुलाउने श्वास छोड्दा पेटलाई खुम्चाउनु पर्छ ।  यो अभ्यासलाई दोहोर्‍याउनु पर्छ । बिस्तारै ध्यान नाकमा लैजाने नाकबाट कसरी चिसो हावाभित्र र कसरी तातो हावा बाहिर निस्केको महसुस गर्नुपर्छ । चिसो हावा भित्र जाँदा सकारात्मक उर्जा गएको महसुस र तातो हावा बाहिर निस्कँदा भित्रका सम्पूर्ण विकार बाहिर निस्केको महसुस गर्नुपर्छ । सम्पूर्ण शरीर हल्का भएको महसुस गर्नुपर्छ । त्यसपछि अन्त्यमा बिस्तारै कोल्टे परेर उठ्नुपर्छ । नमस्कार गरेर दुवै हात रगडी आँखामा तातो दिई बिस्तारै आँखा खोल्नुपर्छ ।

– स्वस्थ हुनका लागि प्रत्येक दिन बिहान आधा घन्टा योगाभ्यास गर्न सकिन्छ । कुनै पनि योगाभ्यास गर्नका लागि विज्ञको सल्लाह लिनुपर्छ । योगा गर्नु अघि ३० मिनेट अघि र पछि पेट खाली हुनु उपयुक्त मानिन्छ । नियमित व्यायाम गरेर स्वस्थ र खुसी रहन सकिन्छ । 

 Image