होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
स्वास्थ्यका लागि ईन्टरमिटेन्ट फास्टिङ अर्थात् (विस्तारै उपवास) र हङ्री फर हेल्थ (स्वस्थताका लागि भोक) अभियान निकै प्रभावकारी भएको मेडिकल साइन्सले प्रमाणित गरेको छ ।
शरीरको तौल घटाउन र मेटाबोलिजममा सुधार ल्याउन मात्रै नभएर दीर्घकालीनरुपमा शारीरिक स्वस्थताका लागि यो अभियानप्रति धेरैको आकर्षण बढ्दोछ । यो खानाका लागि समय व्यवस्थानसँगै फिटनेस रहन अपनाउने तरिका हो ।
केही समयअघि मुटुरोग बिशेषज्ञ डाक्टर भगवान कोइरालाले ८ घण्टा अन्तरमा केही खाने र बाँकी १६ घण्टा पेट खाली राख्दा शरीरको पाचनप्राणाली ठिक हुनुका साथै शरीरमा स्फुर्ति आउने बताएका थिए ।
‘ईन्टरमिटेन्ट फास्टिङ– हङ्ग्री फर हेल्थ’का विभिन्न विधि छन् । ‘यो विधिका थुप्रै विधा छन्’ डा. कोइराला भन्छन्, ‘शरीरको स्थितिअनुसार फरक–विधि अपनाउनुपर्छ ।’
ईन्टरमिटेन्ट फास्टिङ भनेको हरेक दिनको १४ देखि १६ घण्टा पेटलाई खाली र ८ देखि १० घण्टा समयान्तरमा पेटमा केही खानेकुरा पार्नु हो । खानको उपनामले प्रख्यात अमेरिकन फिटनेस इस्ट्रक्टर मार्टिन बर्खनद्धारा उत्पादित यो सुत्रअनुसार ब्रेकफास्टभित्र र रातको खानापछि कुनै पनि चिज खानु हुँदैन ।
मार्टिनका अनुसार रातको ८ बजे खाना खाएको छ भने भोलिपल्ट दिनको ८ या १० बजेसम्म केही खानु हुँदैन । तर यो महिलाका लागि १४ देखि १५ घण्टा मात्रै खालीपेट उपयुक्त हुनेछ । योबीचमा पानी, जुस पनि खानु हुँदैन ।
नियमअनुसार खानका लागि छुट्टयाइएको ८ देखि १० घण्टाको अवधिमा चाहिँ स्वस्थबद्र्धक खानेकुरा खानुपर्छ । खानेकुरा एकैचोटि भन्दा पनि पटक पटक–पटक खानुपर्छ ।