दाँत किन खिइन्छ ?
पछिल्लो समय दाँत खिइने समस्या बढ्दै गएको छ । अस्वस्थ जीवनशैली, तनावपूर्ण वातावरणका कारण दाँत खिइने र टुक्रिने समस्या बढ्दै गएकोछ ।

अदुवाको प्रयोग तरकारी वा चियामा रुघाखोकी लाग्दा गरिन्छ । यसले रुघाखोकी लाग्दा औषधिकै काम गर्छ । काँचो अदुवा मात्र होइन, सुकाएर पनि यसको प्रयोग गर्न सकिन्छ । जाडो मौसममा अदुवा राखेको चियाले धेरै फाइदा पुर्याउँछ । यसले शरीर न्यानो राख्नुका साथै घाँटीको खसखस, फ्लुसँगै देखिने अन्य रोगबाट समेत जोगाउँछ ।
न्यानो प्रकृतिको भएकाले जाडोमा यसको उपयोग प्रभावकारी हुन्छ । मौसमी रुघाखोकीमा पनि अदुवाको उपयोग राम्रो हुन्छ । अदुवाले कोलस्टेरोल नियन्त्रण गर्नुका साथै रक्तचाप नियन्त्रणमा पनि सघाउँछ । यसमा हुने क्रोमियम, म्याग्नेसियम तथा जिंकले रगत प्रवाहलाई राम्रो गर्छ । यसको नियमित सेवनले ह्दयाघात र मस्तिष्कघातको जोखिममा कमी आउँछ ।