होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

हामीले हाम्रो हात तथा खुट्टाको सौन्दर्यका लागि नङमा नेलपोलिस लगाउने गरेका छौं । तर, हामीले प्रयोग गर्दै आएको सौन्दर्य प्रसाधन नेलपोलिसले विभिन्न खालका समस्याहरु पैदा गर्छ ।
छालासम्बन्धी एलर्जी: नेल पोलिसमा गम तथा प्हाइटरमा प्रयोग गरिने टोल्युन पाइने गर्छ, जो दिमाग तथा स्किन दुवैका लागि हानिकारक हुन सक्छ । यसले छालामा एलर्जी तथा घाउ हुन सक्छ ।
क्यान्सर : नेल पोलिसमा फोमाल्र्डिहाई नामक केमिकल्स हुन्छ, जसमा कार्सिनोजेनिक तत्व हुन्छ । यसले शरीरमा क्यान्सर गराउने गराउँछ । जसका कारण नेलपोलिसलाई हानिकारक मानिन्छ ।
हर्मोनमा असर गर्छ : नेल पोलिसमा ट्रिफेनाइल फोस्फेट रहन्छ । जसले शरीरमा हुने हर्मोनलाई असन्तुलित बनाउनुका साथै प्रजनन स्वास्थ्यमा समेत असर पुर्याउँछ । विशेषगरी जो महिलाले धेरै नेल पेन्ट गर्छन्, उनीहरुको रगतमा ट्रिफेनाइल फोस्फेटल रहने भएकाले यसले शरीरलाई नोक्सान पुर्याउने गर्छ ।
मस्तिष्कमा असर: ट्रिफेनाइल फोस्फेट मस्तिष्कमा क्षति पुर्याउने तत्वका रुपमा पनि परिचित छ । त्यसैले यसको नकारात्मक असरले मस्तिष्कमा समेत प्रभाव पार्ने गर्छ ।