कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।
मोटोपनबाट बच्न आलु सेवन
आलु कार्बोहाइड्रेडको स्रोत हो । आलु खाए मोटाइन्छ अर्थात् यसको सेवनले तौल बढाउँछ भन्ने आमधारणा रहँदै आएको छ । त्यसैले धेरैजसो मानिस तौल कम गर्न आलु खान हच्किन्छन् । यद्यपि यस्तो अवधारणका ठीक विपरित पछिल्लो वैज्ञानिक अनुसन्धानले के भन्छ भने आलुका साथमा सन्तुलित आहारसम्बन्धी नियम पछ्याउँदा त्यसले वजन बढाउने होइन, कम गर्न मद्दत गर्छ । आलुमा आधारित सन्तुलित आहार सेवन गर्दा केही नियम भने पालना गर्नुपर्ने हुन्छ, जसले शरीरमा चमत्कारिक परिवर्तन ल्याउँछ ।
यसका लागि दुई सातासम्म साताको तीनदेखि पाँच दिन सादा आलु मात्र खानुपर्छ । यो समयावधिमा आलुलाई काँचै कोरेर, उसिनेर वा पोलेर खान सकिन्छ । यसरी प्रत्येक दिन लगभग एकदेखि साढे दुई किलोसम्म आलु खाँदा शरीरले पर्याप्त मात्रामा कार्बोहाइड्रेट लगायतका पौष्टिक तत्वहरू प्राप्त गर्छ, जुन शरीरका लागि लाभदायक मानिन्छ । यसरी आलु खाँदा एकैपटक नखाई केही घन्टाको फरकमा खानुपर्छ, एकैपटक धेरै आलु खानु हुँदैन ।
मोटोपन घटाउन रुनुहोस्
धेरै मानिस मोटोपन घटाउन विभिन्न उपाय अपनाउँछन्, तर अब साँझको समयमा रोएर पनि तौल घटाउन सकिने तथ्य पत्ता लागेको छ । सुन्दा अनौठो लागे पनि एक अध्ययनको रिपोर्टमा उक्त कुरा उल्लेख छ । एसियन वानमा प्रकाशित समाचारअनुसार रुँदा हाम्रो शरीरमा कर्टिसोन नामक हार्मोन बन्छ । शरीरमा उक्त हार्मोनको स्तर बढ्दा तौल घट्छ । त्यसैगरी जब हामी तनावको स्तर बढेर रुन्छौं, आँसुको माध्यमबाट विषालु पदार्थहरू शरीरबाट बाहिर जान्छन् र त्यसले तौल घटाउन सहयोग गर्छ । विशेष गरी साँझ ७ देखि १० बजेको बीचमा रुँदा तीव्र रुपमा तौल घटेको पाइएको छ, तर रोएको नाटक मात्र गर्दा भने शरीरमा कुनै असर पर्दैन अनि तौल पनि घट्दैन ।