फल र तरकारीको महत्व
विश्व स्वास्थ्य संगठन अनुसार मुटु तथा अन्य दीर्घकालीन रोग लागेकाहरूले हरेक दिन कम्तीमा ४०० ग्राम फलफूल तथा तरकारी खानु पर्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2021/miscellaneous/Fruits--9--22112021050840.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2021/miscellaneous/Fruits--9--22112021050840.jpg&w=1000&height=600)
म्यांगो सेक
अमेरिकास्थित नेसनल हर्ट लङ्स एन्ड ब्लड इन्स्टिच्युटले मुटुका लागि म्यांगो सेकको रेसिपी प्रस्तुत गरेको छ । इन्स्टिच्युटका अनुसार चिल्लो कम भएको दुई कप दूध, एउटा पाकेको आँप, केरा तथा दुई टुक्रा आइसलाई मिक्सरमा राखेर ब्लेन्ड गरी म्यांगो सेक तयार गर्न सकिन्छ । विज्ञहरूका अनुसार यस्तो म्यांगो सेकमा ग्लुकोज भएकाले शरीरलाई तुरुन्त ऊर्जा प्राप्त हुन्छ । यसमा चिनी नहाली सेवन गर्नुपर्छ । चिनी नभएको एक गिलास म्यांगो सेकमा १ सय ७० क्यालोरी हुन्छ भने चिनी हालेर तयार पारिएको म्यांगो सेकमा २ सय ४० क्यालोरी हुन्छ । एक गिलास म्यांगो सेकमा करिब १६ दशमलव ५ ग्राम कार्बोहाइड्रेड, ८ दशमलव ६ ग्राम फ्याट, ७ ग्राम प्रोटिन तथा ७ दशमलव ८ ग्राम बोसो पाइन्छ ।
तिल
तिलको प्रयोग धेरै नेपालीले गर्छन् । कालो तिल पूजाआजामा प्रयोग गरिन्छ भने सेतो तथा खैरो तिल अचारमा प्रयोग गरिन्छ । डाइटिसियन सुशीला शर्माका अनुसार तिलले कोलस्ट्रेरोल घटाउन मद्दत गर्छ । यसमा भिटामिन इ तथा राम्रो चिल्लो पदार्थ हुन्छ । क्याल्सियम बढी हुने तिलले पाचनरस निकाल्न सहयोग पुर्याउँछ । घुँडाको आर्थराइटिस भएकाहरूले दैनिक ६० ग्राम तिल खानु लाभदायक हुन्छ ।