Successfully Copied

मुटुरोगी र तीज

निराहार बस्दा डिहाइड्रेसन तथा इलेक्ट्रोलाइट इम्ब्यालेन्सका कारण मुटुरोगी, उच्च रक्तचापका रोगीहरूको रक्तचाप कम हुन सक्छ । यस्तो स्थितिमा मुटुको धड्कनमा समस्या आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने तथा बेहोस हुने जस्ता समस्या उत्पन्न हुन सक्छन् । रक्तचाप चाहिनेभन्दा कम भएको अवस्थामा पनि

निराहार बस्दा डिहाइड्रेसन तथा इलेक्ट्रोलाइट इम्ब्यालेन्सका कारण मुटुरोगी, उच्च रक्तचापका रोगीहरूको रक्तचाप कम हुन सक्छ । यस्तो स्थितिमा मुटुको धड्कनमा समस्या आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने तथा बेहोस हुने जस्ता समस्या उत्पन्न हुन सक्छन् । रक्तचाप चाहिनेभन्दा कम भएको अवस्थामा पनि निराहार व्रत बस्नु हुँदैन । मुटुरोग सामान्य अवस्थामा भएका बिरामीहरू व्रत बस्न सक्छन्, तर व्रत बस्नुअघि अनिवार्य रूपमा चिकित्सकको परामर्श लिनुपर्छ ।

मुटुरोग भएकाहरू, मुटुरोगका कारण दम बढ्ने, छाती दुख्ने, शरीर सुन्निने, मुटुको धड्कनको रोग भएकाहरूले निराहार बस्दा गम्भीर समस्या उत्पन्न हुन सक्छ । त्यसैले यस्ता बिमारीले निराहार व्रत बस्नु हुँदैन । सामान्य महिलाले पनि निराहार व्रतका क्रममा रिंगटा लागे, छाती दुखे, सास फेर्न गाह्रो भए वा मुटुको धड्कनमा गडबडी आए तुरुन्तै व्रत टुंग्याउनुपर्छ । 

 Image