होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
डा. सुरज कर्माचार्य / अकुपञ्चर विशेषज्ञ
सबैतिर उपचार गराएर हैरान भएर अन्तिममा अकुपञ्चर पद्धतिबाट उपचार गराउन आउनेहरूको संख्या बढी छ । रोगको उपचार सुरुदेखि नै अकुपञ्चर विधिबाट गराउने हो भने समय र खर्च बढी लाग्दैन ।
अकुपञ्चर कस्तो उपचार विधि हो ?
अकुपञ्चर चाइनिज उपचार विधि हो । यो विधिअनुसार शरीरमा सुईको माध्यमद्वारा उपचार गरिन्छ ।
यो विधिमार्फत कसरी उपचार हुन्छ ?
यो पद्धतिमा बिरामीको पीडा वा रोग र इनर्जी च्यानललाई ध्यानमा राखेर शरीरका प्वाइन्टहरू चुनिन्छ र इन्फेक्सन नहोस् भनेर स्पिरिटले सफा गरिन्छ । प्राविधिकद्वारा उक्त प्वाइन्टमा सुई लगाइन्छ । यसो गर्दा बिरामीलाई कुनै पीडा महसुस हुँदैन ।
यो विधिमार्फत कस्ता शारीरिक एवं मानसिक रोगीको उपचार गरिन्छ ?
यो विधिअनुसार हरेक प्रकारका रोगको उपचार गरिन्छ । शारीरिक रोगहरूको कुरा गर्दा करिब २ सयदेखि ५ सयसम्म रोगको उपचार गरिन्छ । मानसिक रोगको उपचारमा भने चाइनिज पद्धतिद्वारा नै उपचार गरिन्छ ।
अकुपञ्चरद्वारा रोग कम गर्ने मात्र होइन पूर्णरूपमा निर्मूल नै पार्न सकिन्छ ?
यसमा रोगको अवस्था हेरेर उपचार हुन्छ । धेरैजसो रोग निर्मूल भएका थुप्रै उदाहरण छन् हामीसँग । कुनै–कुनै रोग भने केही मात्रामा कम गर्न सकिन्छ ।
यो विधिबाट उपचार गराउँदा समय र खर्च बढी लाग्छ भन्ने सुनिन्छ नि ?
यो भनाइ गलत हो । अहिलेको अवस्था हेर्दा सबैतिर उपचार गराएर हैरान भएर अन्तिममा अकुपञ्चर पद्धतिबाट उपचार गराउन आउनेहरूको संख्या बढी छ । यसले गर्दा बढी समय र खर्च लागेजस्तो देखिएको हो । रोगको उपचार सुरुदेखि नै अकुपञ्चर विधिबाट गराउने हो भने समय र खर्च बढी लाग्दैन ।
यति लामो समयदेखि अकुपञ्चर विधिबाट उपचार गर्दै आउनुभएको छ । उपचारका क्रममा रोगीको बुझाइ कस्तो पाउनुभएको छ ?
यो पद्धतिबाट उपचार गर्दा मेन च्यानल पत्ता लगाई प्वाइन्टमा सुई घोचिने भएकाले धेरैले यो पीडादायक हुन्छ भन्ने सोच्छन् । वास्तवमा त्यस्तो हुँदैन । अकुपञ्चरमा कुनै प्रकारको पीडा हुँदैन । अहिले यो विधिद्वारा उपचार गराउनेहरूको संख्या निरन्तर बढ्दो छ ।