तिर्खाएको बेला मात्र पानी पिउनुपर्छ
तिर्खाएको अनुभव छैन भने पानी पिउनु उपयुक्त हुँदैन । आयुर्वेदमा शरीरको श्रमअनुसार पानी पिउनुपर्छ भनी उल्लेख गरेको छ । पानी यति नै पिउनुपर्छ भन्नलाई यसको अनुपात तय गर्न सकिँदैन ।
नेपालमा धेरै बालबालिका, गर्भवती, सुत्केरी, किशोरीहरूमा रक्तअल्पता (एनिमिया) को समस्या छ । सन्तुलित र पोषकतत्वको अभावले रक्तअल्पता र कुपोषणको समस्या देखिने गरेको हो । यहाँ हरेक रोगका विषयमा छलफल हुने गरे पनि पोषणबारे चर्चा हुन्न । कुपोषणको समस्याबाट सबैभन्दा बढी बलबालिकामा पीडित छन् । पेटभरी दुई छाक खान नपाउने, आफ्नो स्वास्थ्यबारे खुलेर अझै पनि बोल्न नसक्नेहरू नेपालमा धेरै छन् । हरेक वर्ष नयाँ बजेट आउँछ तर पोषणका लागि बजेट कटौती भएको पाइन्छ । किशोरीहरूको रजस्वला हुने बेलामा अत्यधिक रक्तस्राव हुने र त्यही बेलामा सन्तुलित भोजन नपाएर कुपोषणको सिकार हुने गरेको पोषणविद् मीरा शाहले बताइन् ।