‘स्वस्थ महिला’ पुस्तक लोकार्पण
प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ ।
नेपालमा धेरै बालबालिका, गर्भवती, सुत्केरी, किशोरीहरूमा रक्तअल्पता (एनिमिया) को समस्या छ । सन्तुलित र पोषकतत्वको अभावले रक्तअल्पता र कुपोषणको समस्या देखिने गरेको हो । यहाँ हरेक रोगका विषयमा छलफल हुने गरे पनि पोषणबारे चर्चा हुन्न । कुपोषणको समस्याबाट सबैभन्दा बढी बलबालिकामा पीडित छन् । पेटभरी दुई छाक खान नपाउने, आफ्नो स्वास्थ्यबारे खुलेर अझै पनि बोल्न नसक्नेहरू नेपालमा धेरै छन् । हरेक वर्ष नयाँ बजेट आउँछ तर पोषणका लागि बजेट कटौती भएको पाइन्छ । किशोरीहरूको रजस्वला हुने बेलामा अत्यधिक रक्तस्राव हुने र त्यही बेलामा सन्तुलित भोजन नपाएर कुपोषणको सिकार हुने गरेको पोषणविद् मीरा शाहले बताइन् ।