Successfully Copied

पोषण र महिनावारी माला

शिशु जन्मिएपछि कसरी उसलाई हुर्काउने, कुन समयमा के ख्वाउने, कसरी मात्रा मिलाएर ख्वाउने ? यी सबै कुराको तालिका देख्न सकिन्छ बोनिता शर्माको पोषण मालामा । पब्लिक हेल्थ पढेकी (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) सोचाइकी प्रबन्ध निर्देशक शर्माले विगत दुई वर्षदेखि मालामार्फत नै शिशुलाई ख्वाउने पोषण तथा

शिशु जन्मिएपछि कसरी उसलाई हुर्काउने, कुन समयमा के ख्वाउने, कसरी मात्रा मिलाएर ख्वाउने ? यी सबै कुराको तालिका देख्न सकिन्छ बोनिता शर्माको पोषण मालामा । पब्लिक हेल्थ पढेकी (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) सोचाइकी प्रबन्ध निर्देशक शर्माले विगत दुई वर्षदेखि मालामार्फत नै शिशुलाई ख्वाउने पोषण तथा किशोरीहरूलाई महिनावारीसम्बन्धी जानकारी दिँदै आएकी छिन् । उनका पोषण माला सेतो, खैरो, हरियो, नीलो तथा पहेंलो रंगका छन् । त्यसमा नम्बर पनि लेखिएको छ । मालामा भएको रंग तथा नम्बरअनुसार खानेकुराको संकेत गरिएको छ । महिनावारी मालामा झने क्रिस्टलका दानाद्वारा चत्र संकेत गरिएको छ । 

के छ त यो मालामा ?

पोषण माला सेतो रंगबाट सुरु हुन्छ र त्यो ६ नम्बरमा सेतो रंगमै पुगेर अन्त्य हुन्छ जसको अर्थ हुन्छ शिशु जन्मिएपछि ६ महिनासम्म दूध ख्वाउने । दूधको रंग सेतो हुने भएकाले पनि यसलाई सेतै रंगमार्फत संकेत गरिएको शर्मा बताउँछिन् । ६ महिनापछि दूधसँगै अन्य खानेकुरा पनि थप्दै लानुपर्ने हुन्छ । त्यसलाई बोनिताको मालाले फरक–फरक रंगमार्फत बताएको छ । ६ देखि ९ सम्म सेतो, पहेंलो, खैरो, हरियो, नीलो रंगले संकेत गरिएको छ । यही क्रम २४ महिनासम्म दोहोरिएको छ जसले रंगअनुसार खानेकुराको संकेत गर्छ । पहेंलो रंगले दाल, गेडागुडी, खैरोले अन्न, हरियोले सागसब्जी तथा नीलोले माछा–मासु खानुपर्ने कुरा बताउँछ । 

९ देखि २४ सम्म एउटै देखिए पनि फरक भएको शर्मा बताउँछिन् । शर्माका अनुसार शिशुको उमेर बढ्दै जाँदा खानाको मात्रा पनि बढाउँदै लानुपर्ने हुन्छ । ६ महिनासम्म तीनपटक दूध ख्वाए पुग्छ भने ९ महिनादेखि १२ महिनासम्म ३ पटक खाना तथा एकपटक खाजा ख्वाउनुपर्छ । त्यसपछि १२ देखि २४ महिनासम्म ३ पटक खाना र २ पटक खाजा ख्वाउनुपर्छ’ शर्मा भन्छिन् । 

बोनिताले निर्माण गरेको अर्को माला हो–महिनावारी माला । महिनावारी माला क्रिस्टलले बनेको छ । किशोरीहरूलाई लक्षित गरी तयार पारिएको ऊक्त मालाको सहयोगमा महिनावारी चत्र पत्ता लगाऊन सकिन्छ । यो मालामा २८ वटा क्रिस्टलका दाना छन् । महिनावारी हुँदाको रत्तस्रावको समयलाई रातो रंगले देखाइएको छ । मालाको बीचमा सुन्तला रंगको दाना छ जसलाई डिम्ब निस्काशन हुने दिनको संकेत मानिएको छ । त्यसको दायाँ–बायाँ चार–चारवटा अन्य दाना छन् जसले गर्भधारणको समय देखाउँछन् । बाँकी आठ वटा दानाले भने महिनावारीको समय नजिकिँदै गएको संकेत दिन्छन् । 

कुपोषणको मात्रालाई जसरी रंगले सहजै बुझ्न सकिन्छ त्यसैगरी पोषणको विषयलाई पनि रंगमार्फत नै बुझाउन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्थ्यो । ‘रंग त्यसमाथि पनि महिलालाई बुझाउन यो मालामार्फत सहज होला भनेर पोषण मालाको सोच आएको हो ।’ बोनिताले भनिन् । 

यही सोच र अभियानले बेलायतमा आयोजित ‘लिड २०३० च्यालेन्ज’ मा ५० हजार डलर पुरस्कार जितेको छ । यो पुरस्कारसँगै थप काम गर्ने जिम्मेवारीका साथै चुनौती थपिएको बोनिता बताउँछिन् ।

 Image