होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
बूढाबूढीहरू दाँत निकाल्नुपर्ने डरले दुई–चारवटा दाँतका भरमा खाना खाइरहेका हुन्छन् । राम्रोसँग चपाएर नखाँदा दाँतबाहेक अन्य रोग पनि देखा पर्न सक्छ ।
डेन्टल फोबिया वा डेन्टल फियर भन्नाले दन्त चिकित्सककहाँ उपचार गर्न जाने डर बुझिन्छ । यस्तो किसिमको डर साना बालबालिका, वयस्क तथा वृद्धवृद्धालाई सबैमा हुन्छ । उपचारको डरले साना बालबालिकाहरू स्थिति निकै खराब भएपछि मात्र उपचारका लागि आउँछन् ।
जटिल अवस्थामा पुगेका त्यस्ता बालबालिकाको उपचार अझ कठिन, समय धेरै लाग्ने तथा पीडादायक हुन्छ । अभिभावकहरू पनि झर्ने दाँत त हो भन्ने भ्रमका कारण पनि आफ्ना छोराछोरीको दाँतको त्यति वास्ता गर्दैनन् ।
बूढाबूढीहरू दाँत निकाल्नुपर्ने डरले दुई–चारवटा दाँतका भरमा खाना खाइरहेका हुन्छन् । राम्रोसँग चपाएर नखाँदा दाँतबाहेक अन्य रोग पनि देखा पर्न सक्छ ।
डेन्टल फोबियाको कारण
पहिले गराइएको उपचारको तीतो अर्थात् पीडादायक अनुभव ।
दन्त चिकित्सकले बिरामीप्रति गरेको व्यवहार ।
उपचारका क्रममा औजारबाट निस्कने आवाज ।
नकारात्मक अनुभव (दुखेको, सिरिङ भएको) ।
महँगो दन्त उपचार ।
समाधान
दाँतसम्बन्धी डर हटाउन बालबालिकालाई पहिले परामर्श दिनुका साथै डेन्टल कुर्सी तथा औजारका बारेमा बुझाइन्छ । यी सामानले आवाजबाहेक अन्य हानि नपुर्याउने कुरा सम्झाइन्छ । आवश्यक परे डेन्टल भिडियो, म्युजिक सुनाइनुका साथै अरूको चिकित्सा गरेको देखाइन्छ । यी सब गरेर पनि डर नहटे औषधि प्रयोग गर्न सकिन्छ ।
वयस्क तथा वृद्धवृद्धाका सन्दर्भमा पहिले आवश्यक परामर्श दिइन्छ र सामान्य उपचारबाट चिकित्सा सुरु गरिन्छ । बिरामीले दन्त चिकित्सकसँग सहज महसुस गरेपछि मात्र आवश्यकतानुसार जटिल उपचार गरिन्छ । यसका लागि बिरामी तथा चिकित्सक दुवैमा धैर्य, संयम तथा सहनशीलता आवश्यक हुन्छ ।
दाँतको उपचार समयमै नगराउँदा भविष्यमा अझ ठूलो रोग लाग्ने सम्भावना हुन्छ । जुन महँगो र लामो समयसम्म धाउनुपर्ने खालको हुनसक्छ । त्यसैले बेलैमा सामान्य चिकित्सा गराउँदा कम खर्चिलो, पीडारहित र छिटो उपचार हुन्छ ।