‘हैजाबाट बच्न सरसफाइमा ध्यान दिऔं’
पछिल्लो समय सहरभरि हैजा (कोलेरा) फैलिएको छ । ‘भिब्रियो कलेरे’ नामक ब्याक्टेरियाका कारण हैजा रोग लाग्छ । यो झाडापखाला तथा बान्ता गराउने संक्रामक रोग हो । दिसा, खानेकुरा र पानीमार्फत यो रोग सर्छ ।
                            
              कपाल गुमाएका क्यान्सर पीडितलाई खुसी दिन र जीवन जिउने प्रेरणा प्रदान गर्न लामो कपाल दान गर्न सम्बद्ध अभियानकर्मीहरूले आह्वान गरेका छन् ।
दान गरिएको कपालले कपाल झरेका पीडितमा विद्यमान निराशा अन्त्य गर्दै आत्मविश्वास बढाउने विश्वास गरिएको छ । यसरी दान गरिने कपाल कम्तीमा १० इन्चको हुनुपर्छ जसले गर्दा उनीहरूका लागि ‘विग’ अर्थात् नक्कली कपाल बनाउन सकियोस् ।
५ देखि १० जनाले दान गरेको कपालबाट मात्र एउटा विग बनाउन सकिने जानकारहरू बताउँछन् । अहिले कपाल दान गर्ने प्रचलन बढेको भए पनि पीडितहरू भने यसका बारेमा अनभिज्ञ देखिन्छन् । यद्यपि केही संघसंस्थाले भने कपाल दान गर्न चाहनेहरूलाई सामाजिक सञ्जालका माध्यमबाट एकत्रित गरिरहेका छन् ।