तिर्खाएको बेला मात्र पानी पिउनुपर्छ
तिर्खाएको अनुभव छैन भने पानी पिउनु उपयुक्त हुँदैन । आयुर्वेदमा शरीरको श्रमअनुसार पानी पिउनुपर्छ भनी उल्लेख गरेको छ । पानी यति नै पिउनुपर्छ भन्नलाई यसको अनुपात तय गर्न सकिँदैन ।
प्रो.डा. मथुरा केसीले गत महिना आफ्नो जन्मस्थान पाल्पाको ताहुँमा प्रो. डा. मथुरा केसी हेल्थ एन्ड एजुकेसन फाउन्डेसन स्थापना गरेका छन् । आफ्नै १ करोड रकम सिड मनी राखेर सुरु गरिएको उक्त फाउन्डेसनको शिलान्यास स्थानीय वृद्ध महिलाले गरेकी थिइन् ।
फाउन्डेसनले २० शय्याको अस्पताल निर्माण गरी अनमी, नर्सिङ तथा रेडियोलोजीसम्बन्धी अध्यापन गराउनुका साथै जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न अझियान संचालन गर्ने डा. केसीले बताएका छन् ।
यसका साथै त्यहाँ मधुमेह, महिला सशक्तीकरण, रत्तअल्पतासम्बन्धी अनुसन्धान गरिने योजना पनि छ ।
गाउँमा उचित स्वास्थ्य उपचारको अभावमा क्षय रोगबाट आमा तथा हर्ट एट्याकबाट बुवाको मृत्यु भएकाले फाउन्डेसन स्थापना गर्न प्रेरणा मिलेको डा. केसीले बताए ।