के हो बुद्धि बंगारा ?
बुद्धि बंगारा साधारणतया १७ वर्षदेखि २५ वर्षमा उम्रन्छ । यो दाँत उम्रदा धेरै मानिस वयस्क अवस्थामा पुगेर बुद्धि छिप्पिसकेका हुन्छन् । त्यसैले यसलाई बुद्धि बंगारा भनिन्छ ।

कुनै रोगबाट बचाउन गरिएको सर्जरीको ३० दिनभित्र गएको वर्ष मात्र करिब ४२ लाख मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । यसकारण एड्स, मलेरिया आदि रोगभन्दा सर्जरी खतरनाक भएको बताइन थालेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार एचआइभी, टिबी तथा मलेरियाजस्ता रोगबाट बर्सेनि २९ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको छ जुन सर्जरीका कारण हुने मृत्युभन्दा धेरै कम हो ।
इंग्ल्यान्डको बर्मिङ्घम विश्वविद्यालयमा गरिएको एक अध्ययनका आधारमा उक्त तथ्य सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताहरूका अनुसार विश्वमा बर्सेनि ३१ करोड ३० लाख सर्जरी गरिन्छ । यद्यपि यसको गुणस्तरका सम्बन्धमा भने त्यति चर्चा गरिँदैन ।