गर्भावस्थामा उच्चरक्तचाप
उच्चरक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोगलाई सम्झिन्छ । गर्भावस्थामा पनि उच्चरक्तचाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, गर्भावस्थामा पनि उच्चरक्तचाप हुनसक्छ र यो गर्भवतीको मृत्युको कारण पनि बन्नसक्छ ।
कुनै रोगबाट बचाउन गरिएको सर्जरीको ३० दिनभित्र गएको वर्ष मात्र करिब ४२ लाख मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । यसकारण एड्स, मलेरिया आदि रोगभन्दा सर्जरी खतरनाक भएको बताइन थालेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार एचआइभी, टिबी तथा मलेरियाजस्ता रोगबाट बर्सेनि २९ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको छ जुन सर्जरीका कारण हुने मृत्युभन्दा धेरै कम हो ।
इंग्ल्यान्डको बर्मिङ्घम विश्वविद्यालयमा गरिएको एक अध्ययनका आधारमा उक्त तथ्य सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताहरूका अनुसार विश्वमा बर्सेनि ३१ करोड ३० लाख सर्जरी गरिन्छ । यद्यपि यसको गुणस्तरका सम्बन्धमा भने त्यति चर्चा गरिँदैन ।