मनोरोगलाई होल बडी चेकअपमा राख्नु जरुरी
मानसिक रोग कुनै रगत जाँच, सिटिस्क्यान तथा एक्सरेबाट देखिदैन । साधारण भावनात्मक कुराबाट बाहिर निस्किएर त्यसैबाट पत्ता लाग्छ । लक्षणका आधारमा नै यो रोग पत्ता लगाउने हो ।
जाडो मौसममा घाममा बसेर बदाम खानुको मज्जा बेग्लै हुन्छ । बदामले शक्ति बढाउनुका साथै पाचन प्रक्रिया पनि सन्तुलित बनाउन सहयोग गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले लाभदायक हुन्छ ।
यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै विभिन्न रोग लाग्नबाट जोगाउँछ । यसको सेवनले दुब्ला मानिस तथा बालबालिकाको तौल बढाउन सहयोग पुर्याउँछ ।
बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तथा चिल्लो खनिज पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले शरीर स्वस्थ तथा बलियो राख्छ । यसको नियमित सेवनले हड्डी बलियो हुन्छ भने मस्तिष्कमा क्याल्सियम पुग्ने भएकाले डिप्रेसनको खतरासमेत कम हुने बताइन्छ ।