वनस्पतिमा स्वास्थ्य रहस्य
प्रायः पात, बियाँ र बोक्रालाई हामीले बेवास्ता गर्छौं । तर, यसमा लुकेको सूक्ष्म पोषकतत्वको प्रयोगले महिला स्वास्थ्यमा राम्रो प्रभाव पार्छ भन्ने कुरा विभिन्न अनुसन्धानले सिद्ध गरिसकेका छन् ।

क्यान्सर नसर्ने रोग हो । यो एक व्यक्तिलाई मात्र नभै समाज, देश र विश्वलाई चुनौती थपिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति वर्ष करिब १ करोड २० लाख क्यान्सरका नयाँ बिरामी देखिन्छन् भने करिब ७५ लाख मानिसको मृत्यु हुने गरेको छ ।
यही दर कायम रहने हो भने सन् २०१५ सम्ममा करिब १ करोड ५० लाख जति नयाँ क्यान्सरका रोगी हुने संभावना छ । हाल विश्वमा फोक्सो, आमाशय, स्तन, पाठेघर तथा मुखको क्यान्सर बढी देखिएका छन् । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ । विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा छ भने विकासशील देशमा तेस्रो स्थानमा ।