गर्भावस्थामा उच्चरक्तचाप
उच्चरक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोगलाई सम्झिन्छ । गर्भावस्थामा पनि उच्चरक्तचाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, गर्भावस्थामा पनि उच्चरक्तचाप हुनसक्छ र यो गर्भवतीको मृत्युको कारण पनि बन्नसक्छ ।
पोटली मसाज के हो ?
पोटली मसाज विभिन्न आयुर्वेदिक जडीबुटीलाई सफा मलमलको कपडामा पोको पारेर त्यसलाई वाफ वा हर्बल तेलमा तताई त्यही पोकाले तातो दिँदै मालिस गर्ने विधि हो ।
यो कुन पद्धतिको उपचार विधि हो ?
यो आयुर्वेदिक पञ्चकर्मको एक विधि हो ।
यसका फाइदा के–कस्ता छन् ?
यसले विशेषगरी रक्त सञ्चार वृद्धि गर्छ जसले गर्दा शरीरका टिस्युहरूमा अक्सिजन र न्युट्रिसनको वितरण बढ्छ अनि रोगको हिलिङ छिटो हुन्छ । यो मसाजले शरीरका छिद्रहरू खोलिदिन्छ र टक्सिन बाहिर निकाल्न सहयोग पुर्याउँछ । यसको अर्को फाइदा भनेको मांसपेशीको लचकता बढाई छालालाई मुलायम बनाउनुका साथै चिसोका कारण आउने समस्या कम गर्नु पनि हो ।
यो कसले गर्न हुन्छ, कसले गर्नुहुँदैन ?
धेरै ज्वरो आएकाहरू, गर्भवती महिला तथा छालामा संक्रमण भएकाहरूबाहेक अरू सबैले गर्दा हुन्छ ।
अध्यक्ष, सुस्वास्थ अस्पताल