Successfully Copied

महिला स्वास्थ्य र महिनावारी

तपाईंको महिनावारीमा भएको गडबडीको कारण मधुमेहको औषधि हो होइन भन्ने विषयमा यसै टिप्पणी गर्न सकिँदैन । सामान्यत: त्यस्तो औषधि इन्सुलिन सेन्सेटिभ भएकाले यसले अण्डाशयको काम राम्रो गराउने र महिनावारी नियमित गराउन मद्दत गर्छ ।

 

म ३२ वर्षीया कामकाजी महिला हुँ । मलाई सन्तानको रहर पुगिसकेकाले १२ वर्षे कपर–टी लगाएकी छु । म मधुमेहको बिमारी पनि हुँ र अहिले त्यसका लागि चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दै आएकी छु । अहिले मेरो महिनावारी अनियमित भएको छ, यो मधुमेहको औषधिले सिर्जना गरेको समस्या त होइन ?

                                                                                     - डी.

 

तपाईंको उमेर मात्र ३२ वर्ष भएकाले र महिनावारी पनि नियमित भैरहेकाले अनावश्यक गर्भ रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नु राम्रो हो । तपाईंले रोज्नुभएको साधन कपर–टीमा कुनै हार्मोन प्रयोग नगरिएकाले यसले मधुमेह, उच्च रक्तचाप, थाइराइड तथा अन्य कुनै दीर्घरोग वा महिनावारीमा असर गर्दैन ।

तपाईंको महिनावारीमा भएको गडबडीको कारण मधुमेहको औषधि हो होइन भन्ने विषयमा यसै टिप्पणी गर्न सकिँदैन । सामान्यत: त्यस्तो औषधि इन्सुलिन सेन्सेटिभ भएकाले यसले अण्डाशयको काम राम्रो गराउने र महिनावारी नियमित गराउन मद्दत गर्छ ।

त्यसैले पोलिसिस्टिक ओभरियन डिजिजमा हामी विशेष औषधि दिन्छौं र त्यसले महिनावारी नियमित गराउँछ । तपाईंको महिनावारी गडबडी मधुमेहले गराएको हुन सक्छ वा त्यसका अन्य कारण पनि हुन सक्छन् । अन्य कारण पत्ता लगाउन अन्ट्रासाउन्डलगायतका परीक्षण गराउनुपर्ने हुनसक्छ । तपाईंले नजिकको प्रसूति तथा स्त्रीरोग विज्ञसँग प्रत्यक्ष भेटेर परामर्श लिनु उपयुक्त हुन्छ ।

 Image