होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
                            
              सास गन्हाउने समस्याबाट छुट्कारा पाउन फ्लोराइडयुक्त दन्तमञ्जन प्रयोग गरी सही तरिकाले दिनको दुईपटक दाँत माझ्नुपर्छ । ब्रस नपुग्ने ठाउँमा डेन्टल फ्लस नियमित रूपमा प्रयोग गर्नुपर्छ ।
दुईवटा दाँतको बीचमा ग्याप भए इन्टर डेन्टल ब्रस प्रयोग गर्न सकिन्छ । यसका साथै जिब्रो पनि क्लिनरले सफा गर्नुपर्छ । गिजाबाट रगत आएर पनि सास गन्हाउने समस्या सिर्जना हुन्छ । त्यसैले प्रत्येक ६–६ महिनामा डेन्टिसकहाँ गएर दाँत सफा गराउनुपर्छ ।
अन्य रोगका कारण पनि सास गन्हाउने भएकाले यसमा चिकित्सकको सल्लाह लिन सकिन्छ ।