निःसन्तानमा उपचार विधि
महिलाको उमेर कम छ बच्चा जन्माउने प्रक्रिया पनि धेरै भएको छैन भने आईयूआई विधिमा नगई आइभीएफ विधिमा जानुपर्छ । पाठेघरको नली बन्द भएमा आईयूआई गर्न मिल्दैन किनभने यस्तो अवस्थामा अण्ड र शुक्रकीटको मिलन हुनपाउँदैन ।
                            
               दण्डासन अर्थात् गोडा सीधा राखेर बस्ने ।
 घुँडा मोडेर पैताला जोड्ने अनि शरीर नजिक ल्याउने ।
 क्षमता र लचकताअनुसार तान्ने ।
 हातले पैताला समातेर अगाडि झुक्ने र चिउँडो वा निधारले जमिन छुने ।
 जति सकिन्छ त्यति झुक्ने । निरन्तर अभ्यास गरे पूरा झुक्न सकिन्छ ।
 ३० देखि ६० सेकेन्ड त्यही आसनमा बस्ने ।
फाइदा
 जाङ, पीठ (ढाड) र घुँडा तन्कन्छ तथा उक्त अंगको तनाव कम हुन्छ ।
 पेटका अङ्ग, अण्डाशय, प्रोस्टेट ग्रन्थि एवं मूत्राशयलाई सक्रिय बनाउँछ ।
 मासिक धर्ममा हुने पीडा कम गर्छ भने रजनोवृत्तिमा सहजता हुन्छ ।
 सियारिकामा राहत मिल्छ ।
 मुटुलाई उत्तेजित गरेर शरीरको रक्तप्रवाहमा सहजता ल्याउँछ ।
 उच्च रक्तचाप, श्वासको समस्या तथा बाँझोपनमा पनि उपयोगी हुन्छ ।