होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
जाडो मौसम सुरु भएको छ । जाडोको आगमनसँगै लोअर रेस्पिरेटरी इन्फेक्सन तथा अपर रेस्पिरेटरी इन्फेक्सन देखा पर्छ । लोअर तथा अपर इन्फेक्सनअन्तर्गत रुघाखोकी, घाँटी दुख्ने, टन्सिलजस्ता समस्या सिर्जना हुन्छन् । जाडोमा तापमान घट्ने भएकाले रुघाखोकी, घाँटी खसखस हुने, घाँटी खप्प हुने आदि समस्या उत्पन्न हुनसक्छ । भाइरल तथा चिसोका कारण यस्तो हुन्छ । यो मौसममा धेरैजसोलाई लामो समयसम्म रुघाखोकी लाग्ने र निको हुन पनि धेरै समय लाग्नसक्छ । न्यानो गरी बसेर ताता खानेकुरा खाए रुघाखोकी आफै निको हुन्छ । कतिपय अवस्थामा भने औषधि नै खानुपर्ने हुन्छ । मुटु रोग, दम, निमोनियाजस्ता रोगले पनि जाडो मौसममै बढी सताउँछन् । जाडोको आगमनसँगै केही साधारण कुरामा ध्यान दिए धेरै रोगबाट जोगिन सकिन्छ ।
स्वास्थ्य समस्या
यो मौसममा श्वासप्रश्वासको समस्या बढी देखापर्छ । यस्तो वृद्धवृद्धामा बढी देखिन्छ । चिसो धेरै हुने भएकाले कम काम गर्दा पनि दम बढ्छ र अन्य समस्या पनि निम्तिन्छ । धेरै दम बढे मुटुमा पनि असर गरेर मुटुको समस्या थपिन सक्छ । त्यसैले जाडो मौसममा बूढाबूढीलाई चिसोबाट जोगाउनुपर्छ । रुघाखोकी पनि जाडो मौसमको अर्को मुख्य समस्या हो ।
यो समस्याले पनि अन्य समस्याको तुलनामा बालबालिका तथा वृद्धवृद्धालाई बढी सताउँछ । भाइरल संक्रमणका कारण रुघाखोकी लाग्छ । त्यसैले भाइरल संक्रमणबाट जोगिन रुघाखोकी लागेका मानिसको नजिक बस्नुहुँदैन । उनीहरूले प्रयोग गरिरहेका सामान प्रयोग गर्नुहुँदैन । शरीरलाई न्यानो राख्नुपर्छ । समय–समयमा तातोपानी तथा सुप पिइरहनुपर्छ ।
यसैगरी साना शिशु तथा बूढाबूढीमा निमोनियासमेत देखिनसक्छ । यो छातीमा हुने संक्रमण हो । भाइरस, ब्याक्टेरिया तथा फंगसको संक्रमणका कारण हुने यो रोग अन्य मौसमको तुलनामा जाडो मौसममै बढी देखा पर्छ । श्वासप्रश्वाससम्बन्धी समस्या तथा रुघाखोकीले एकसाथ सताउन सक्छ ।
जाडो मौसममा हाइपोथर्मिया पनि देखापर्छ । आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो ताप शरीरबाट बाहिरिनु नै हाइपोथर्मिया हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा तथा चिसोको सम्पर्कमा धेरै समय बस्दा यो समस्या उत्पन्न हुनसक्छ । हाइपोथर्मिया हुँदा हातखुट्टा नीलो हुने, छोएको महसुस नहुने आदि हुन्छ । यसको उपचार समयमै नगराए ज्यानसमेत जानसक्छ ।
कार्बन मोनोअक्साइड पोइजनिङ
जाडो मौसममा चिसोका कारण झ्यालढोका बन्द गरेर आगो तापिन्छ । हावा नछिर्ने गरी बन्द गरेर आगो तथा हिटर ताप्दा कोठामा कार्बन डाइअक्साइड तथा कार्बन मोनोअक्साइड नामक ग्यासको मात्रा बढ्छ र उक्त ग्यास धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या सिर्जना हुनसक्छन् । कतिपय अवस्थामा मानिसको मृत्युसमेत भएको समाचार हामीले पढ्दै–सुन्दै आएका छौं । जाडो मौसममा ग्यास गिजर प्रयोग गर्दा होस् वा हिटर ताप्दा हावा वारपार हुने स्थानमा बस्नु उपयुक्त हुन्छ ।
मनोवैज्ञानिक समस्या
जाडोमा अँध्यारो हुने र घाम धेरै नलाग्ने भएकाले मनोवैज्ञानिक समस्यासमेत देखापर्ने सम्भावना हुन्छ । अँध्यारोका कारण मुड डाउन हुन सक्छ । त्यसैले दिनहुँ केही समय घाममा बस्नुपर्छ । यसैगरी जाडो मौसममा छाला सुख्खा हुने, औंला सुन्निने जस्ता समस्या देखा पर्छन् ।