जिब्रो पनि सफा गर्नुपर्छ ?
जिब्रोको काम स्वाद दिने पनि भएकाले यस्ता धारिलो वस्तुको प्रयोगले स्वाद दिने ग्रन्थिहरूमा असर पर्छ । सफा गर्दा नरम खालको ब्रस प्रयोग गर्नुपर्छ र सफा गर्दा धेरै घोट्नुहुँदैन ।
मेरो योनिबाट दुर्गन्धित सेतो पानी बगिरहन्छ, यसको उपचार के होला ?
सेतो पानी बग्ने तथा योनिमार्ग चिलचिलाउने समस्या धेरैमा हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिइन्छ । सामान्यत: ट्राइकोमोनास भनिने जीवाणुले योनिमार्गमा गरेको संक्रमणले यस्तो समस्या सिर्जना गर्छ ।
त्यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्यक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने आदि हुन सक्छ । यस्तो समस्या भए विवाहित महिलासंगै श्रीमान्ले पनि केहि औषधि सेवन गर्नुपर्ने हुन्छ ।
यस्ता समस्याका लागि सरसफाइमा पर्याप्त ध्यान पुर्याउनुपर्छ र सफा तथा नरम अण्डरगार्मेन्ट प्रयोग गर्नुपर्छ ।
- डा. बाल कृष्ण शाह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल