महिनावारी र औषधि
दसैं भन्नेबित्तिकै हामी रमाउँछौं । यसका दुई महत्वपूर्ण पक्षलाई सम्झन्छौं । एकातिर खाएर रमाइलो गर्ने र अर्कोतिर भगवतीको पूजा गर्ने तथा प्रसाद र टीका लगाउने चाडका रूपमा लिन्छौं ।
गत शुक्रबार नेपाल नेसनल अस्पताल कलंकीमा हेपाटाइटिस दिवसका अवसरमा विशेष कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा २ सय ५० जनाको नि:शुल्क रक्त परीक्षण गरिनुका साथै हेपाटाइटिस बी विरुद्धको खोप लगाइएको थियो । कार्यक्रममा डा. अर्चन शमशेर राणाले हेपाटाइटिस रोगको जानकारी दिएका थिए । सोही दिन विशेष कार्यक्रम सम्पन्न भएपछि ‘नियमित मेडिकल शिक्षा’ विषयक सेमिनार पनि चलेको थियो ।
उक्त अवसरमा डा. अनन्त श्रेष्ठले नेपालमा भाइरल हेपाटाइटिसका बारेमा, डा. क्षेतेन योञ्जन तामाङले भाइरल हेपाटाइटिस रोगीका लागि लिभर ट्रान्सप्लान्ट तथा डा. विमल कर्णले हेपाटाइटिस बी आमाबाट शिशुमा कसरी सर्छ भन्ने सम्बन्धमा आ–आफ्ना विचार राखेका थिए । सेमिनारमा ५० भन्दा बढी वरिष्ठ चिकित्सकको उपस्थिति थियो ।