Successfully Copied

अण्ड भण्डारण किन गर्ने ?

सकेसम्म २५ र ३० को बीच बच्चा जन्माउनु उपयुक्त हुन्छ । सकेसम्म ३५ वर्षको उमेरसम्म बच्चा जन्माइसक्नुपर्छ । अझ ३५ वर्ष कटेपछि अण्डको संख्या र गुणस्तर एकदमै छिटो घट्छ । क्यान्सर भएका महिलाले त्यसको उपचार गर्नुपूर्व अण्ड भण्डारण गरेर राख्न सक्छन् ।


पछिल्लो समय महिलाको प्राथमिकता बदलिएको छ । उमेर पुगिसकेपछि विवाह गर्नैपर्छ र बच्चा जन्माइहाल्नुपर्छ भन्ने सोच सबैको नहुन सक्छ । कतिपय महिला आफ्नो करियर बनाएर मात्र विवाहको योजना बनाउँछन् । आफ्नो भविष्य सुरक्षित गर्दागर्दै विवाह ढिला हुन सक्छ वा भनेजस्तो जीवनसाथी पाउन नसकेको पनि हुनसक्छ । यसरी ढिला विवाह गरी ढिला बच्चा जन्माउँदा अण्डको गुणस्तरमा कमी आउन सक्छ । साथै आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रभाव पार्न सक्छ । यसको सही विकल्प भनेको अण्ड भण्डारण हो । महिलाहरूले आफ्नो उमेर छँदै अण्ड भण्डारण गरेर राख्न सक्छन् । यसरी भण्डारण गरेर राखिएको अण्डलाई आफूले चाहेको उमेरमा गर्भधारण गर्न सक्छन् ।


कस्ता महिलाले अण्ड भण्डारण गर्ने ?
विज्ञानले भन्छ, ‘महिलाहरूको बच्चा जन्माउने उपयुक्त उमेर भनेको २५ देखि ३० वर्षसम्म हो ।’ त्यसपछि महिलाहरूले बच्चा नै जन्माउन नसक्ने भन्ने होइन तर ३० वर्ष कटेपछि महिलाको अण्डको संख्याका साथै गुणस्तर पनि घट्दै जान्छ । सकेसम्म २५ र ३० को बीच बच्चा जन्माउनु उपयुक्त हुन्छ । सकेसम्म ३५ वर्षको उमेरसम्म बच्चा जन्माइसक्नुपर्छ । अझ ३५ वर्ष कटेपछि अण्डको संख्या र गुणस्तर एकदमै छिटो घट्छ । क्यान्सर भएका महिलाले त्यसको उपचार गर्नुपूर्व अण्ड भण्डारण गरेर राख्न सक्छन् ।


अण्ड भण्डारण किन गर्ने ?
३५ वर्ष उमेर कटेका महिलाले बच्चा जन्माउन चाहे भने पनि गर्भपतन हुने, बच्चा पेटमा भए पनि धड्कन नआउने, डाउन सिन्ड्रोम (आनुवंशिक असामान्य) हुने दर बढ्दै जान्छ । समयमै भण्डारण गरिएको अण्डबाट बच्चा जन्माउँदा बच्चा स्वस्थ हुन्छन् र आनुवंशिक असामान्य हुने सम्भावना पनि कम हुन्छ ।
पुरुषको वीर्य पनि बढ्दो उमेरसँगै गुणस्तरमा कम हुँदै जान्छ । तर महिलाको तुलनामा पुरुषको वीर्यले त्यति प्रभाव पार्दैन । ३० वर्षमा निकालिएको अण्डलाई ४० वर्षको पुरुषको वीर्यसँग निषेचन गराउँदा ३० वर्षकै उमेरको जस्तो बच्चा जन्मिन्छ । यसमा आनुवंशिक समस्या आउने सम्भावना कम हुन्छ ।

जनचेतनाको कमी
नेपालमा अण्ड भण्डारण गर्ने प्रविधि छ भन्ने कुरा धेरैलाई थाहा छैन । विदेशमा यो ट्रेन्ड एकदमै बढ्दो छ । कतिपय कम्पनीले महिला कर्मचारीलाई अण्ड भण्डारण गर्ने सुविधा दिएका छन् । तर नेपालमा भने जनचेतनाको कमी छ ।


कति समयसम्म अण्ड भण्डारण गर्न सकिन्छ ?
अण्ड महिलाको आवश्यकतानुसार भण्डारण गर्न सकिन्छ । विश्वमा १५ वर्षसम्म भण्डारण गरिएको अण्डबाट बच्चा जन्मिएका छन् । अण्ड भण्डारण गर्दा व्यक्तिको सबै विवरण सुरक्षित र व्यवस्थित ढंगले राखिन्छ । महिलाहरूले चाहेको खण्डमा त्यो अण्डबाट गर्भधारण गर्न सक्छन् ।


अण्ड भण्डारणमा खर्च कति ?
अण्ड भण्डारण गर्नका लागि सुरुमा दुई लाख रुपैयाँ र पछि वार्षिक ४० हजार रुपैंयाँ लाग्छ ।

(डा. हुमागाईसँग सुजाता मुखियाले गरिएको कुराकानीमा आधरित)

 Image