होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
ललितपुरको हरिसिद्धिमा क्यान्सर रोगको पहिचान, उपचार र निदानका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर संचालनमा आएको छ । निजीस्तरमा स्थापित यो अस्पतालले क्यान्सरको उपचारका लागि बिदेसिनुपर्ने बाध्यतालाई केही हदसम्म कम गर्ने अस्पताल प्रशासनको दाबी छ ।
८० शय्याको यो अस्पतालले सबै किसिमका क्यान्सर उपचारका लागि आवश्यक सेवा–सुविधा उपलब्ध गराएको र त्यसैअनुरूप दक्ष चिकित्सक तथा प्राविधिकको व्यवस्था गरिएको बताइन्छ । दिनहुँ २० देखि २५ जना क्यान्सरका नयाँ बिरामी उपचारका लागि पुग्ने उक्त अस्पतालको ओपिडी सेवामा नयाँ र पुराना गरी दैनिक ७० जना बिरामीको जाँच हुने गरेको छ । अस्पतालका अनुसार यसको अत्याधुनिक प्रयोगशालाबाट सबै किसिमको क्यान्सर पहिचान हुन्छ । कुनै खास जटिल केसमा मात्र पहिचानका लागि नमुना बाहिर पठाउनुपर्ने हुनसक्छ । यो अस्पतालमा रेडियोथेरापी सेवाका लागि विश्वस्तरीय रेडिएसन मेसिन उपलब्ध छ । सेन्टरका अनुसार यो अस्पतालमा स्तन क्यान्सरका बिरामी धेरै आउँछन् भने फोक्सो तथा पाठेघरको क्यान्सरका बिरामीको संख्या पनि बढिरहेको छ ।