सन् २०१६ मा युएसआइडीले गरेको एक सर्वेक्षण अनुसार नेपाल पूर्वि एसियामा नै आयोडिन कमिका कारण शारीरिक तथा मानसिक रुपमा आइपर्ने विकृतीबाट नेपाल निकै सुरक्षित रहेको जनाइएको छ । युएसएआइडीले गरेको यस सर्वेक्षणमा स्वास्थ्य मन्त्रालय र न्यु एराले पनि सहयोग जनाएका थिए । केहि समय अगाडी मात्र सर्वेक्षणको रिपोर्ट आएपछि नेपालीहरु पहिलेको तुलनामा आयोडिन युक्त नुनको सेवनाबाट विभिन्न विकृतीबाट टाँढै रहेको सर्वेक्षणले देखाएको छ।
सन् १९६५ गरिएको पहिलो सर्वेक्षणमा आयोडिनको कमिले शारीरिक तथा मानसिक रुपमा ग्रस्त हुनेको संख्या ५५ प्रतिशत थियो । सन् २०१६को सर्वेक्षणले यो संख्या घटेर शुन्यमा पुगेको दावी गरेको छ। यस विचमा आयोडिन प्रयोगन गर्नेहरुको संख्यामा सुधार आएको र क्रमैसँग आयोडिनको कमिले हुने विकृती घट्दै गएको थियो ।
नेपाल सरकारको नीतिगत निर्णयले एकल एजेन्सी मार्फत सबै जनतामा आयोडिनको पहुँच पुर्याउने लक्ष्य अनुसार साल्ट ट्रेडिङ कर्पाेरेसनले आयोडिन युक्त प्याकेटको नुन वितरण गर्ने अभियानले गर्दा अभियान सफल भएको विज्ञहरुको धारणा छ । यस्तै,नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेका अनुसार नेपालका सबै भु–भागमा बसोबास गर्ने विशेषगरी महिला प्रजननमा विगतमा पुगेको असर र बालबालिका लगायत सबै उमेर समुहका महिलाहरुमा गरिएको यो सर्वेक्षणले आयोडिनको सकरात्मक प्रयोगका कारण सकरात्मक नतिजा देखाएको छ।
विगतमा धेरै महिला तथा बालबालिका लगायत नेपालीहरुमा बिकलाङ्ग अवस्था, गलगाण आउने, लगायत सुस्त मनस्थिति जस्ता विभिन्न रोगहरुको मारमा परेका नेपालीहरुमा नेपाल सरकारले अनिवार्य रुपमा आयोडिन युक्त नुन सेवन गरौं भन्ने नारालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सचेत गराएपछि हालको सर्वेक्षणको नतिजा सकरात्मक आएको स्पस्ट हुन्छ ।
आजको दिनमा प्याकेटको नुन मात्र खाने बानीको विकास नेपालीहरुमा हावी भएको छ । यो अवधारणा नेपाल सरकारले अवलम्वन गर्नका लागि विभिन्न किसिमका सचेतना मुलक सामाग्रीहरु प्रस्तुत गर्नुका साथै साल्ट ट्रेडिङ कर्पाेरसनको सफल वितरणका कारण आज नेपालमा आयोडिनका कमिका कारण नेपालीहरुको शारीरिक तथा मानसिक रुपमा आइपर्ने विकृती शुन्यमा झरेको छ ।