बहुगुणकारी सिस्नु
हाम्रा बारीका कान्ला, भीरपाखा एवं बाँझो खेतबारीलगायतका क्षेत्रमा सिस्नु पाइन्छ । सिस्नुको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौं । सिस्नुसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रूपमा चिन्छन् ।
हिजोआज धेरै मानिस स्वस्थ रहन नियमित भोजनमा भातको साटो रोटी प्रयोग गर्छन् । हालसालै अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार मौसममा आएको परिवर्तनका कारण गहुँ विषालु हुन्छ । मौसमी परिवर्तनले गहुँको ७० प्रतिशत उत्पादनमा असर पार्छ । त्यस्तो गहुँ खाँदा स्वास्थ्य राम्रो हुँदैन ।