स्वस्थकर योमरी
चिसो मौसममा चाकुले शरीरलाई न्यानो बनाउनुका साथै तागत पनि दिने भएकाले योमरीमा चाकुको प्रयोग गरिएको बूढापाकाहरू बताउँछन् । योमरी पूर्णिमा विशेष गरी मंसिरमा पर्ने हुनाले चिसो बढ्दै गएको हुन्छ र यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउँछ ।
पूर्वधारणा : फलफूलको रस स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।
नयाँ सल्लाह : क्यानमा राखिएका फलफूलको रसमा चिनीको मात्रा बढी हुन्छ । यसमा कृत्रिम रंग तथा स्वादिलो बनाउने कुरा राखिएको हुन्छ । कतिपय फ्रुट जुसमा सफ्ट ड्रिंक्स तथा चिनीसमेत मिसाइन्छ ।
कति खाने : डब्बा बन्द जुस खानुहुँदैन । ताजा फलको रस आफैं निकालेर खानुपर्छ ।