मधुमेह छ ? आँखा जचाउनुहोस् ।
मधुमेह भएका व्यक्तिको सुगरको मात्रा अनियन्त्रित छ, उच्च रक्तचाप, कोलेस्टेरोल र उच्च जोखिमका कारक छन् भने आँखामा असर पार्छ । त्यसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ ।
कलेजो स्वस्थ भए धेरै किसिमका रोगबाट जोगिन सकिन्छ तर कलेजो कमजोर हुँदै गए धेरै किसिमका रोग लाग्न सक्छन् । कलेजोमा बोसो (चिल्लो) को मात्रा बढ्नु त्यति राम्रो मानिँदैन । चिकित्सकहरूका अनुसार कलेजोमा बोसो जम्मा भए मृत्युसमेत हुनसक्छ ।
यो डरलाग्दो समस्या हो र यसलाई बेवास्ता गर्नुहुँदैन । चिकित्सकहरूद्वारा गरिएको शोधअनुसार चिल्लो बढेपछि घाँटीको रक्तनलीको मोटाइ बढ्छ जसबाट रक्तसंचारमा समस्या उत्पन्न हुन्छ । फलस्वरूप मुटुमा बढी जोड पर्छ अनि मुटुसँग सम्बन्धित अनेकन समस्या झेल्नुपर्ने हुन्छ ।