ठूलो आन्द्राको क्यान्सर
ठूलो आन्द्राका कोषिकाहरू अनियन्त्रित भई विभाजित हुनु नै ठूलो आन्द्राको क्यान्सर हो । संसारमा क्यान्सरले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ ।

हाम्रो समाजमा हिस्टेरिया शब्दको गलत अर्थ लाग्छ । हिस्टेरिया यौन इच्छा पूरा नहुँदा हुन्छ भन्ने गलत धारणा छ । कसैलाई हिस्टेरिया भयो भन्दा गाली पनि पाउन सकिन्छ । हिस्टेरिया यौनका कारणले मात्र हुँदैन, मानिसको जीवनमा हुने कुनै पनि तनाव दिने घटना वा पीडादायक घटनाले गर्दा हुन्छ । यस्ता पीडादायक घटना हाम्रो बेहोसी मस्तिष्कमा बसेका हुन्छन् । पीडादायक कुरा शारीरिक लक्षणका रूपमा बाहिर निस्कन्छन् । त्यसैले अहिले यसलाई कन्भर्सन डिसअर्डर भनिन्छ र हिस्टेरिया भन्न छाडिएको छ । तनाव शारीरिक लक्षणमा परिणत हुने हुनाले यसलाई कन्भर्सन डिसअर्डर भन्न थालिएको हो ।
जान्नैपर्ने कुरा