हेल्थ इन्स्योरेन्समा लगानी गर्नुसम्म ठीकै हो तर डाक्टरको क्लिनिकमा खर्च गर्नु त्यति बुद्धिमानी होइन । हिजोआज कम्मर दु:खाइ, टाउको दु:खाइजस्ता समस्या प्रत्येक व्यक्तिको परिचय बन्न पुगेको देखिन्छ । यस्तो स्थितिमा कुनै ठूलो समस्या उत्पन्न हुने त होइन भन्ने डर सधैं रहन्छ । त्यसो हो भने स्वास्थ्यका लागि केही गर्नैपर्ने हुन्छ । कारण सबै कुरा स्वास्थ्यसित नै जोडिएको हुन्छ । अत: आलस्यतालाई आजैदेखि बाइबाइ गरी आफ्नो हेल्थ सेड्युल बनाउन अग्रसर हुनु उचित हुन्छ । आफूसित रोचक हेल्थ ग्याजेट्स र डिभाइस छ भने यो काम गर्न कुनै गाह्रो पनि छैन ।
जस्ट डान्स
बेलिफिट ड्रिम फिगरलाई साकार गर्न अत्यन्त लाभदायक हुन्छ । यसले मानिसको आत्मविश्वासलाई पनि बुस्ट गर्छ । यसलाई एलिस ब्रेसग्रिडलले खोज गरेका थिए । यो मूलत: डान्स कार्डियो मुब्स हो, जुन बेली डान्सबाट प्रभावित छ । यसको केही स्टेप्स भने भाँगडा र अफ्रिकन डान्सबाट लिइएको छ । यसले शरीरको तल्लो भागलाई सन्तुलनमा राख्छ र एब्डोमिनल एवं हिप्स एरियामा अतिरिक्त बोसो बढ्नबाट रोक्छ ।
बेली मात्र आकर्षणका लागि नभई आफूलाई स्वस्थ राख्न पनि उपयुक्त छ । केही फिटनेस एक्सपर्ट स्लिम शरीरका लागि बेली डान्स सिक्ने सल्लाह दिन्छन् । यसबाट शरीरलाई धेरै फाइदा हुन्छ । बेली डान्स पूर्णरूपको वर्क आउट हो । फ्लेक्सिबिलिटी, स्ट्रेन्थ र कार्डियो यी तीन विशेष कुरा हुन्, जसमा बेली डान्सले फाइदा पुर्याउँछ । बेली डान्सबाट फुर्ती पनि प्राप्त हुन्छ । चीन, जापान र अफ्रिकामा यसलाई अत्याध्मका रूपमा अपनाइन्छ र भारतमा यो कार्डियो एक्सरसाइजका रूपमा प्रचलित हुँदै गएको छ । यो डान्सको सबैभन्दा पुरानो शैलीमध्येको एक हो । जानकारहरूका अनुसार यो डान्सको उत्पत्ति स्वास्थ्यको दृष्टिबाट भएको हो ।
खेलखेलमा
एरोपन्जको क्रेप हलिउडबाट प्रारम्भ भएको हो । यसलाई गीत सुन्दै गरिन्छ, जसका कारण मुड कायम रहन्छ भने थकान पनि महसुस हुँदैन । यसमा एउटा स्टेपमा पन्जामा जोड दिइन्छ भने अर्कोमा पाइतालामा दबाब बनाइन्छ । एरोपन्जले चमत्कारिक रूपमा काम गर्छ । यसले घुँडा, तिघ्रा, हात र शरीरको माथिल्लो भागमा प्रभाव पार्छ ।
पाइलक्सिङ महिलाहरूबीच सबैभन्दा बढी प्रचलित छ । पाइलक्सिङ मूलत: फेमिनेन कब्र्स र मसल्सलाई टोन गर्न प्रयोग गरिन्छ । यो पाइलेट्स र बक्सिङको मिश्रण हो । यसले बडी टोनमा मद्दत गर्छ । पाइलेट्सको सफ्ट मुब्स भित्री भाग (कोर) लाई टोन गर्छ र शरीरलाई लचिलो बनाउँछ । एयर पन्चेजले पेटलाई मजबुत र टोन गर्छ । यसले फिगरलाई पोलिस गर्नुका साथै फ्लेक्सिबल बनाउँछ ।
डान्स र कार्डियो मुब्सको कम्बिनेसन हो–कङ्गो जम्प्स । यो लिफ्ट लेग र जम्पिङ ज्याकजस्तै हो । तौल कम गर्न कङ्गो जम्प्स सहयोगी हुन्छ । यसले मसल्स टोन गर्छ र बिनादबाब फाइदा पुर्याउँछ । कङ्गो जम्प्समा लगाइने पोगो जगिङ सुज नब्बेको दशकताका निर्माण भएको हो ।
जुम्बा अरेबिक डान्स हो जुन विदेशमा निकै लोकप्रिय छ तर यो अहिले आफूलाई फिट राख्न अपनाइने नयाँ ब्रान्ड बन्न पुगेको छ । यसलाई दक्षिण अफ्रिकी बिट्सका साथमा गरिन्छ । यो अत्यन्त मनोरञ्जक हुन्छ । यसमा एक्सरसाइजसँगै संगीतको पनि आनन्द उठाउन सकिन्छ । यसले शरीरलाई फ्याटरहित बनाउँछ र फिल्टर गर्छ । १९८६ मा यसलाई अल्बर्टो बेटो पेरेजले खोज गरेका थिए । जुम्बाको अभ्यासबाट प्रतिघन्टा ४ सयदेखि ६ सय क्यालोरी घटाउन सकिन्छ । यसबाट ब्लड प्रेसर कन्ट्रोल हुन्छ, स्टेमिना बढ्छ भने मसल्स टोन पनि हुन्छ ।
हेल्थ ग्याजेट्स
बायोमेट : बायोमेटले थकान र पीडालाई कम गर्छ । यसले शरीरको शुद्धीकरणका साथै पूर्ण निद्रा प्रदान गर्छ । यो टिस्यु ड्यामेज, पोस्ट सर्जिकल हिलिङ, स्कार रिडक्सन ज्वाइन्ट र मसल्स सोरनेस, क्रनिक नेक, ब्याक पेन तथा अर्थराइटिसमा लाभदायक साबित हुन्छ ।प्लेटिनम म्याग्नेटिक आई मास्क : यो मल्टिफङ्क्सनल ग्याजेट हो । मास्कले सहज रूपमा आँखा र गालालाई कभर गर्छ । यसले आँखामा पर्ने दबाब कम गर्छ । यसले टाउकाको साधारण पीडा र माइग्रेनमा पनि प्रभावकारी भूमिका खेल्छ । यो निद्रा नआउनेहरूका लागि प्रभावकारी हुन्छ । यसले मुहारको मांसपेशीमा अक्सिजन पुर्याएर आराम प्रदान गर्छ र छालाको कोशिकालाई स्वस्थ बनाउँछ । यसबाट मुहारमा चमक आउँछ ।
निद्रा खराब हुन्छ वा राम्रो निद्रा लाग्दैन भने त्यसको अर्थ केही हदसम्म सुत्ने तरिका गलत हुनु पनि हो । जियो पर्सनल स्लिप कोचले सुत्ने तरिकालाई ठीक राख्छ । यसका साथमा एउटा स्मार्ट अलार्म क्लक पनि हुन्छ, जसले ठीक समयमा उठाउँछ । यो कोचमा पल्टिँदा डिभाइसले खराब निद्राको समयमा मस्तिष्कलाई ट्रयाक गर्छ । चि मेसिनको प्रयोग धेरै सजिलो छ । यसले शरीरलाई स्वीङ र मसाज गर्नुका साथै सपोर्ट पनि प्रदान गर्छ । शरीरको भित्री अंगलाई क्रियाशील बनाउँछ र शुद्धीकरण गर्छ अनि तन्त्रिका र मांसपेशीलाई विश्राम दिन्छ ।