Successfully Copied

भविष्यमा बच्चा जन्माउन डिम्बको भण्डारण

बच्चा जन्माउने चाहना भएको समयमा डिम्बलाई वाम गरेर पुरुषको शुत्रकीटस“ग फर्टिलाइज गरी महिलालाई गर्भवती बनाइन्छ ।


डा. सविना सिम्खडा
प्रजनन विशेषज्ञ, वरदान आइभीएफ, पुरानो बानेश्वर


डिम्बको भण्डारण किन गरिन्छ ?
महिलाको उमेरसँग डिम्बको गुणस्तर पनि कम हुदैँ जान्छ । उमेर बढ्दै जाँदा सन्तान जन्माउने क्षमतामा ह्रास आउन थाल्छ । यसका लागि समयमै डिम्बको भण्डारण गरेर आफूले चाहेको समयमा बच्चा जन्माउन र हुर्काउन डिम्बको भण्डारण गरिन्छ । गर्भधारणको उमेर भइसकेपछि पनि महिला जुनसुकै बेला आमा बन्न सक्छन् ।

कस्ता महिलाले डिम्ब भण्डारण गर्छन् ?
यो अति आवश्यक विषयवस्तु बनेको छ । विशेषगरी करिअरमा फोकस भएर बच्चा ढिला जन्माउन चाहने महिलाले डिम्ब भण्डारण गरेर बच्चा जन्माउन चाहन्छन् । दीर्घकालिन रोगले गर्भधारणमा असर गर्दछ । त्यस्तै क्यान्सर भएका व्यक्तिले जसले किमो थेरापी दिने र विभिन्न औषधि चलाउनुपर्ने अवस्थाका महिलाहरूको डिम्ब भण्डारण गर्न आवश्यक हुन्छ । खोजेको वा रोजेको जस्तो दम्पती नपाएको अवस्थामा भविष्यमा बच्चा जन्माउन र हुर्काउन योजना बनाएकाले डिम्ब भण्डारण गर्छन् ।


डिम्ब भण्डार कसरी गरिन्छ ?
यसका लागि आइभीएफ प्रक्रिया नै गर्नुपर्छ । महिलालाई मानसिक, शारीरिक तथा आर्थिक रूपमा तयार गर्नुपर्छ । महिनावारी भएको दोस्रो दिनमा परीक्षण गरेपछि सबै कुरा नर्मल आयो भने सुई लगाइन्छ । महिलाहरूको डिम्बको विकासक्रम हेरेर डिम्बलाई बढाउने र निकाल्ने गरिन्छ । राम्रो डिम्ब छुट्याएर निकाली एम्ब्रोलोजिस्टलेफ्रिजिङ मिडियामार्फत डिम्बलाई क्रियोलकमा राखेर लिक्यिुड नाइट्रोजनमा क्रियोप्रिजरभेसन गरिन्छ । बच्चा जन्माउने चाहना भएको समयमा डिम्बलाई वाम गरेर पुरुषको शुत्रकीटसँग फर्टिलाइज गरी महिलालाई गर्भवती बनाइन्छ ।

डिम्ब कति समयसम्म भण्डारण गर्न सकिन्छ ?
फ्रिजिङ गरेको डिम्बको सफलता अलि कम तर सम्भावना पनि उत्तिकै हुन्छ । धेरै डिम्ब बनाएर राख्न सकियो भने यसको सम्भावना बढी हुन्छ । सुरक्षित गर्न सकियो भने यसले वर्षाैंसम्म पनि काम गर्छ ।

यसका लागि कति खर्च लाग्छ ?
यसको खर्चमा कसको सुई कसरी प्रयोग गर्ने भन्ने कुरामा भर पर्छ । मल्टिनेसनल ब्रान्डहरूको सुईको मूल्य अलि महँगो पर्छ । करिब डेढ लाखजति खर्च लाग्न सक्छ । डिम्ब बनाएर इम्ब्रोइड गरी फ्रिजिङको प्रक्रियामा पुग्दासम्म ३ लाख रुपैयाँसम्म पर्न सक्छ । फ्रिजिङ गर्दाको वर्षको ५० हजारजति खर्च लाग्छ ।

नेपालमा भण्डारण टे«न्ड कस्तो छ ?
नेपालमा अझै पनि यो त्यति चल्तीमा छैन । यो महँगो उपचार पद्धति भएकाले भविष्यमा बच्चा हुन्छ वा हुँदैन ग्यारेन्टी हुँदैन । थुप्रै प्रकारका सुई लगाउने र बेहोस बनाएर डिम्ब निकालिने भएकाले जोखिम पनि उत्तिकै छ । नेपालको सन्दर्भमा इम्ब्रोइड फ्रिजिङको टे«न्ड छ । जुन आफ्नो जीवनसाथी पाइसकेपछि फ्रिजिङ गरेर बच्चा पाउने प्रक्रिया हो ।

 Image