Successfully Copied

अस्टियोपोरोसिस (हड्डीको रोग)

उमेर वृद्धिसँगै महिला तथा पुरुषमा अस्टियोपोरोसिस (हड्डीको रोग) हुने सम्भावना बढ्न थाल्छ । यसलाई साइलेन्ट रोग पनि भनिन्छ ।

उमेर वृद्धिसँगै महिला तथा पुरुषमा अस्टियोपोरोसिस (हड्डीको रोग) हुने सम्भावना बढ्न थाल्छ । यसलाई साइलेन्ट रोग पनि भनिन्छ । यसको सुरुवात उमेर वृद्धिसँगै बिस्तारै–बिस्तारै हुन्छ । तर जीवनशैली तथा शारीरिक गतिविधि कम भए कम उमेरमै पनि यो समस्या नबढ्ला भन्न सकिँदैन । यस्ता बिरामीमा जोर्नीको पीडाका साथै हड्डी फ्याक्चर हुने सम्भावना पनि उत्तिकै रहन्छ । 

स्वस्थ जीवनशैली 

यो रोगबाट बच्न योग, मर्निङ वाक, एरोबिक्स, डान्स, साइकिलिङ तथा स्ट्रेचिङजस्ता एक्सरसाइज गर्नुपर्छ । 

  • उमेर एवं उचाइअनुसार आफ्नो तौल कायम राख्ने । 
  • बिहान दिनहुँ २०–२५ मिनेट घाममा बस्ने । 
  • भर्‍याङको साटो लिफ्ट प्रयोग गर्ने । 
  • धूम्रपान तथा अल्कोहल सेवन नगर्ने । 
  • सोडा, कफी तथा चकलेटजस्ता कफिनयुक्त चीजको सेवन कम गर्ने । 
  • क्याल्सियम तथा भिटामिन डी पर्याप्त मात्रामा भएको खाना खाने । हरियो सागपात, डेरी प्रोडक्ट, माछा आदि सेवन गर्ने । 
  • सप्लिमेन्टका रूपमा चिकित्सकले दिएको औषधि सेवन गर्ने । 

 Image