Successfully Copied

कान्तिपुर डेन्टल कलेजमा सिबिसिटी एक्सरे

वसुन्धरास्थित कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलले अत्याधुनिक सिबिसिटी (कोन बिम कम्प्युटेड टेमोग्राफी) मेसिन संचालनमा ल्याएको छ । यो नेपालकै एक मात्र यस्तो मेसिन हो जसले टाउकाको सबै भागको स्क्यान गर्नसक्छ ।

वसुन्धरास्थित कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलले अत्याधुनिक सिबिसिटी (कोन बिम कम्प्युटेड टेमोग्राफी) मेसिन संचालनमा ल्याएको छ । यो नेपालकै एक मात्र यस्तो मेसिन हो जसले टाउकाको सबै भागको स्क्यान गर्नसक्छ । घाँटीदेखि माथिको अर्थात् मुख, दाँत तथा म्यान्डिवलको थ्रीडी स्क्यान गर्नसक्ने यो मेसिन संचालनमा आएपछि मुख तथा दन्त रोगको जाँच तथा उपचारमा सहजता थपिएको अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ बताउँछन् । 

मुख तथा दन्त उपचारमा अत्यन्तै प्रभावकारी मानिने यो मेसिन मुखको क्यान्सर, सिस्ट तथा ट्युमर पत्ता लगाउन पनि उपयोगी छ । यो डेन्टल इम्प्लान्ट प्लानिङका लागि पनि उपयोगी हुन्छ भने यसले नाक, कान एवं घाँटीका विशेषज्ञलाई साइनस तथा कानको समस्या पत्ता लगाउन मद्दत गर्छ । दुर्घटनामा परेका घाइतेको एकैपटक पूरै टाउकाको स्क्यान गर्नसक्ने यो मेसिन ट्रमा केसमा समेत उपयोगी मानिन्छ । 

 Image