Successfully Copied

गर्भ जाँच गर्ने सूचना

दाङको धनौरी गाविसका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । स्वास्थ्य चौकीबाटै यसरी गर्भ जाँच गराउने समय आएपछि गर्भवती महिलालाई ‘हजुरको गर्भ जाँच गर्ने दिन आयो’ भनेर फोनबाट बोलाइने स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावत बताउँछन् ।

दाङको धनौरी गाविसका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । स्वास्थ्य चौकीबाटै यसरी गर्भ जाँच गराउने समय आएपछि गर्भवती महिलालाई ‘हजुरको गर्भ जाँच गर्ने दिन आयो’ भनेर फोनबाट बोलाइने स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावत बताउँछन् । स्वास्थ्य चौकीले गर्भवती महिलालाई पाँच पटक फोन गर्छ । गर्भवती भएको चार महिना, छ महिना, आठ महिना, नौ महिना र सुत्केरी हुने मिति पुगेपछि स्वास्थ्य चौकीले फोन गर्ने गरेको छ ।

‘सुरक्षित मातृ शिशु अभियानअन्तर्गत स्वास्थ्य चौकीले केही महिनाअघि यो सेवा प्रारम्भ गरेको हो, यसले गर्दा स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ’–रावतले भने । त्यसैगरी गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कदा उपहारस्वरूप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की पनि पाउने गरेका छन् । यतिमात्र होइन स्वास्थ्य चौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरूलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेको छ भने स्वास्थ्य संस्थामा बस्दा खाजाको व्यवस्था समेत मिलाएको छ । घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातौं दिन घरमै पुगेर आमा र शिशुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ । रावतका अनुसार गर्भवती र सुत्केरी महिलाका लागि लाग्ने यो खर्चको व्यवस्थापन स्वास्थ्य चौकीले आन्तरिक रूपमै व्यवस्थापन गर्छ ।

 Image