Successfully Copied

थकानबाट मुक्त रहने उपाय

अहिले धेरैजसो मानिसको दिनचर्या व्यस्तताले भरिपूर्ण छ । व्यस्त दिनचर्या, भागदौड, कामको तनाव, श्रम आदि कारणले पनि मानिसलाई थकाइ लाग्छ जुन स्वाभाविक हो । थकानबाट मुक्ति पाउन पूर्ण आराम आवश्यक छ ।

अहिले धेरैजसो मानिसको दिनचर्या व्यस्तताले भरिपूर्ण छ । व्यस्त दिनचर्या, भागदौड, कामको तनाव, श्रम आदि कारणले पनि मानिसलाई थकाइ लाग्छ जुन स्वाभाविक हो । थकानबाट मुक्ति पाउन पूर्ण आराम आवश्यक छ । 

कतिपय अवस्थामा थकाइ लाग्दा पनि राम्रोसँग काम गर्न मन लाग्दैन । मानिसको रुचिअनुसार सबैको काम एउटै प्रकृतिको हुँदैन । कसैको काम कुर्सीमा बसेर गर्नुपर्ने त कसैको उठेर गर्नुपर्ने हुनसक्छ भने कसैको हिँडडुल गर्नुपर्ने काम हुन्छ । जुनसुकै र जे काम भए पनि सबै काम गर्दा थकान महसुस हुन्छ । थकाइ लाग्दा आराम गरिएन भने भोलिपल्ट पनि काम गर्न अप्ठ्यारो हुन्छ । 

थकान कसरी कम गर्ने ? 

अरूले भनेको राम्रो कुरा सुन्ने तथा सकारात्मक दृष्टि राख्ने बानी बसाल्नुपर्छ । बितेका राम्रा पलको स्मरण गर्नुपर्छ । सधंै प्रसन्न रहने प्रयास गर्नुपर्छ । हाँस्ने तथा हँसाउने काम गर्दा पनि थकान (केही हदसम्म) कम हुन्छ । रिस–राग, ईष्र्या, झगडा आदिबाट टाढै रहनुपर्छ । धेरै रिस गर्ने मानिसले समय बर्बाद गरिरहेका हुन्छन् । त्यसले मानसिक तथा शारीरिक थकान दुवै नित्याउँछ । यस्ता कुराबाट जोगिन सके थकान कम हुन्छ । 

  • सबैको जीवनमा केही न केही समस्या हुन्छ । त्यसलाई समाधान गर्न तयार रहने तथा बिनाकारण चिन्ता लिने बानी त्याग्नु उत्तम हुन्छ । चिन्ता लिँदा वा तनावमा रहँदा शरीर छिट्टै थाक्छ । 
  • लगातार काम गरिरहनुपर्दा बीच–बीचमा हातमुख धुनु राम्रो हुन्छ । कम्प्युटरमा काम गर्ने बानी छ भने लगातार नगरी केही बेर आँखा बन्द गर्नु उपयुक्त हुन्छ । यसले पनि केही हदसम्म आराम मिल्छ ।
  • काम मात्र गर्नुभन्दा पनि केही समय आराम गरेर आफूलाई मनपर्ने पेय पदार्थ पिएर फुर्ती प्राप्त गर्न सकिन्छ ।
  • बसेर काम गर्दा कम्मरमा पीडा हुन्छ । धेरै थकाइ लागे सुविधाअनुसार पल्टन सकिन्छ । चिन्तामुक्त रही केही समय आँखा बन्द गरेर पल्टिए केही समयमै आनन्दको अनुभूति हुन्छ ।
  • लामो समय उभिएर काम गर्दा खुट्टा दुख्न सक्छ । थोरै तातोपानीमा नुन हाली एउटा बाटामा केहीबेर खुट्टा डुबाएर राख्दा पनि तनाव र थकानबाट मुक्त हुन सकिन्छ । 
  • थकानबाट मुक्त रहन पानीको महत्वपूर्ण भूमिका हुन्छ । तातोपानी हट वाटर बोतलमा राखेर दुखेको ठाउँमा सेक्दा पनि प्रभावित अङ्गको पीडा कम हुनुका साथै थकान पनि मेटिएर जान्छ । 

 Image