Successfully Copied

डिप्रेसनबाट टाढै रहौं

उदासीको रोग हो–डिप्रेसन । यही उदासीका कारण पारिवारिक, व्यक्तिगत एवं सामाजिक दायित्व निर्वाह गर्न असफल हुन्छन्–मानिसहरू ।

उदासीको रोग हो–डिप्रेसन । यही उदासीका कारण पारिवारिक, व्यक्तिगत एवं सामाजिक दायित्व निर्वाह गर्न असफल हुन्छन्–मानिसहरू । घरी चुपचाप बस्ने, घरी बेचैन भएर बिनाकारण यताउता गर्नु, शरीरका विभिन्न भागमा पीडा हुनु, घरीघरी पेटमा गडबडी हुनु वा दिमागमा थकान, हरपल घबराउनु, आफूप्रति वा अरूप्रति खराब आशंका मात्र गर्नु, कुनै काममा मन नलाग्नु, खाना नरुच्नु, निद्रा आए पनि चाँडै उठ्नु र फेरि निदाउनु, आत्मविश्वासमा कमी आउनु, निराशावादी हुनु, बिनाकारण मुस्कुराउनु, हाँस्नु, बोल्नु, स–साना कुरामा रुनु आदि डिप्रेसनका लक्षण हुन् ।

अहिले यो रोग धेरै मानिसमा देखिन्छ । कारण यो रोग वंशानुगतका साथै आर्थिक कारणबाट मस्तिष्कमा कुनै रसायनको कमी हुँदा महिलाहरूमा गर्भनिरोधक औषधि तथा ब्लड प्रेसरको औषधिको अन्धाधुन्ध प्रयोगबाट पनि हुन्छ । दीर्घकालीन रोग, बाथ, अल्सर, प्यारालाइसिस, क्यान्सर, एड्स आदिका कारण पनि डिप्रेसन हुनसक्छ । डिप्रेसनको औषधि योग नै हो । योग गर्दा सधैंका लागि डिप्रेसनबाट छुटकारा पाइन्छ । त्यसका लागि प्राणायामको अभ्यास निरन्तर गर्नुपर्छ । यसमा अनुलोम–विलोम, मन्द भस्त्रिका, शीतली, सित्कारी एवं प्रणव प्राणायाम उपयुक्त हुन्छ ।

शीर्षासन, शशकासन, शवासन, सर्वाङ्गासन आदि पनि उपयोगी हुन्छन् । यो रोगमा षट्कर्म आवश्यक हुन्छ जसमा धौती, वस्ती, नौली, नेती त्राटक, कपाल भाँती प्रमुख छन् । मौसमी फलफूल, हरियो तरकारी, गाजरको जुस, काँचो प्याज सेवन गर्नुपर्छ । सुत्नुअघि नियमित एक चम्चा बेसार मिसाइएको दूध पिउनुपर्छ । बासी, तारेको, रोस्ट, पिरो–अमिलो, बढी नुनिलो, लागूऔषध, अल्कोहल, नशालु पेय पदार्थ, धूम्रपान, मद्यपान आदि पूर्णत: निषेध गर्नुपर्छ । सुत्नुअघि नाकको दुवै प्वालमा एक–एक थोपा शुद्ध तोरीको तेल हाल्ने । पैतालामा मालिस गर्ने तथा हप्तामा एकपल्ट सम्पूर्ण शरीर मालिस गरे राहत मिल्छ ।

(रीता कार्की योग शिक्षिका  हुन् )

 Image