Successfully Copied

वेलनेस हस्पिटल अफ नेचुरल मेडिसिन

प्राकृतिक उपायबाट जीवनशैली परिवर्तन गरी रोग निको पार्न बाँसबारीमा वेलनेस हस्पिटल अफ नेचुरल मेडिसिनको स्थापना भएको छ । उक्त अस्पतालमा फिजियोथेरापी, योग, अकुपञ्चर, अकुप्रेसर आदि विधिबाट बिरामीको उपचार गरिने डा. यञ्जन गैरे बताउँछन् ।

प्राकृतिक उपायबाट जीवनशैली परिवर्तन गरी रोग निको पार्न बाँसबारीमा वेलनेस हस्पिटल अफ नेचुरल मेडिसिनको स्थापना भएको छ । उक्त अस्पतालमा फिजियोथेरापी, योग, अकुपञ्चर, अकुप्रेसर आदि विधिबाट बिरामीको उपचार गरिने डा. यञ्जन गैरे बताउँछन् । डा. यञ्जनका अनुसार उक्त अस्पतालमा नशा च्यापिएको, हड्डी खिइएको, ग्यास्ट्रिक, कब्जियत, माइग्रेन, प्यारालाइसिसजस्ता दीर्घ रोगको प्राकृतिक उपचार गरिन्छ ।

आठ वर्षअघि खुलेको उक्त अस्पतालमा ३५ जना स्टाफ छन् । अन्तरंग सेवासमेत उपलब्ध उक्त अस्पतालको ओपिडी सेवा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला रहन्छ । बढी पीडा हुने तथा हिँडडुल गर्न नसक्नेहरूलाई यहाँ भर्ना गरेर उपचार गरिने डा. यञ्जनले बताए । 

 Image