जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रले नेपालमै पहिलो पटक विभिन्न दैनिक सौन्दर्य तथा उपभोग्य वस्तुहरूमा खासगरी प्रसाधनका वस्तुहरूमा रसायनसम्बन्धी अनुसन्धानमा आधारित प्रतिवेदन सार्वजनिक गर्दै त्यस्ता समस्याहरूको समाधान पहिल्याउने प्रयास थालेको छ । हालसम्म सौन्दर्यका प्रसाधनमध्ये लिपिस्टिकमा सिसा (लिड) र छाला गोरो पार्ने क्रिमहरूमा पारो (मर्करी) सम्बन्धी अध्ययन सम्पन्न भएको छ । अध्ययनले धेरैजसोमा यस्तो समस्या औंल्याएको छ । त्यसैले केही स्तरीय वा ब्रान्डेडबाहेक अन्य लिपिस्टिक र क्रिम प्रयोग गर्नुअघि निकै विचार पुर्याउनुपर्छ ।
लिड (सिसा) को परिचय
सिसा प्रकृतिमा पाइने नीलो–खैरो रंगको गर्हुङ्गो धातु हो । यसको प्रयोग खासगरी घर, फर्निचर, स्कुल, घर रंगाउने रंगहरू, ब्याट्री, धातुका सामानहरू, क्रिस्टलका खाना राख्ने भाँडाहरू, माछा मार्ने बल्छी आदिमा हुँदै आएको छ । हाल आएर सिसाको प्रयोग लिपिस्टिक, क्रिम, गाजल, आदि शृंगारका सामग्रीहरूमा पनि भएको पाइन्छ । यसले जनस्वास्थ्यमा पनि (खासगरी बालबालिका तथा महिलाको स्वास्थ्यमा) नकारात्मक असर गर्छ ।
लिड (सिसा) लिपिस्टिकमा किन प्रयोग गरीन्छ ?
लिपिस्टिकमा नो जीवनकालमाविभिन्न रंगका लिपिस्टिक बनाउन लिडको प्रयोग गरिन्छ । एउटी महिलाले आ करिब ३ किलो लिपिस्टिक खान्छिन् जसमध्ये करिब १ किलो उनको पुरुष साथीले खाने अनुमान गरिन्छ ।
लिड (सिसा) किन हानिकारक छ ?
लिड श्वासप्रश्वास, मुख वा छालाद्वारा हाम्रो शरीरमा पस्छ र यसले विषका रूपमा काम गर्न थाल्छ । लिड हाम्रो शरीरलाई आवश्यक छैन । यसको थोरै मात्राले पनि निकै ठूलो असर गर्छ । उदाहरणका लागि रक्तनलीमा यसले रक्तकोषिकाहरूलाई मार्छ ।
फलस्वरूप विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी भएर आवश्यक अक्सिजन पुग्न सक्दैन र रक्त अल्पता हुन्छ । धेरैजसो लिड हाडमा गएर बस्छ र यो वयस्कभन्दा बालबालिकाको हाडमा बढी मात्रामा जम्मा हुन्छ । यसले रक्तकोषिकाको उत्पादनमा कमी ल्याउने तथा हाडलाई चाहिने मात्रामा क्याल्सियम अवशोषित गर्न नदिई त्यसलाई स्वस्थ तथा बलियो रहनबाट रोक्छ ।
सिसाबाट हुने स्वास्थ्य समस्याहरू
सिसा (लिड) ले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पुर्याउँछ । फलस्वरूप बालबालिकामा पढ्ने, लेख्ने र सिक्ने क्षमतामा ह्रास आउँछ । रक्तअल्पता यसको साधारण लक्षण हो । अरू लक्षणहरू जस्तै : पेट दुख्नु, तौल घट्नु, कब्जियत हुनु, टाउको दुख्नु, मन विचलित हुनु, छारे रोग, चिडचिडेपनका साथै अचेत अवस्थामा पुग्ने पनि देखिन्छ । लगातार लामो समयसम्म लिडको सम्पर्कमा आयो भने त्यसले मिर्गौलाको काममा असर पुर्याउँछ भने नपुंसक बनाउन पनि सक्छ । छाला गोरो बनाउने क्रिममा पारो निकै बलियो धातु हो । यो प्राकृतिक रूपमै वातावरणमा हुन्छ । यो साधारण तापक्रममा पनि तरल पदार्थमा परिणत हुन्छ । यो छिट्टै पग्लिने हुँदा यसलाई कुइक सिल्भर पनि भनिन्छ । विभिन्न सिएफएल बल्ब, ट्युब लाइटमा यसको प्रयोग गरिन्छ ।
हामीले प्रयोग गर्ने ह्याइटिनिङ क्रिममा मक्युरीको प्रयोग गरिएको हुन्छ । जसलाई मक्युरस क्लोराइड, क्यालोमेल्य मक्युरिक भनी नामकरण गरिएको छ । ह्वाइटिङ क्रिमको प्याकेटमा मक्युरी प्रयोगको उल्लेख गरिएको हुँदैन । मक्युरीले अनुहारमा देखिने प्याचेज तथा रेड पिग्मेन्टेनसलाई केही हदसम्म कम गर्छ । मक्युरीलाई प्राय:जसो अनुहार सफा गर्ने साबुन तथा क्रिममा प्रयोग गरिन्छ । त्यसबाहेक मेकअप क्लिन्जर तथा मस्कारामा पनि यसको प्रयोग हुन्छ । नेपालमा ह्वाटनिङ क्रिम बढी प्रयोग भैरहेको छ ।
मक्युरीले अनुहारको मेलालिनको फर्मेसनमा नुन घोल्छ जसले गर्दा अनुहार केही उज्यालो देखिन्छ । कस्मेटिकहरूमा जैविक तथा अजैविक गरी दुई प्रकारले मक्युरीको प्रयोग गरिएको पाइन्छ ।अहिले जो कोही ह्वाइटनिङ क्रिमप्रति आकर्षित छन् । सबै स्टोरमा विविध प्रकारका ह्वाइटनिङ क्रिम उपलब्ध छन् । कस्मेटिकमा मक्युरी राख्ने काम १९०० तिर प्रारम्भ भएको हो । सुरुमा मक्युरीलाई ब्लिचिङ क्रिममा प्रयोग गरिएको हो ।
( शाह वातावरण विज्ञ हुन)