जन्मान्तर कति ?
महिलाको उमेर जति–जति बढ्छ त्यति नै अण्डको गुणस्तरमा कमी आउने हुँदा गर्भ रहन गाह्रो हुन्छ । गर्भ रहे पनि खेर जान सक्ने र आमामा पनि गर्भावस्थामा जटिलता थपिन सक्ने हुनसक्छ ।
ओलिभको तेल संवेदनशील छालाका लागि उपयुक्त हुन्छ । यसले रिङ्कल र फाइन लाइन्स कम गर्छ । कारण यसमा भिटामिन ई र ए हुन्छ । ओलिभ आयललाई बडी लोसनका रूपमा पनि प्रयोग गर्न सकिन्छ । नुहाएपछि ओलिभ आयल शरीरमा दल्नुपर्छ ।
यो तेललाई मेकअप रिमुभरका रूपमा प्रयोग गर्न सकिन्छ । नुहाउने पानीमा ५ टेबल स्पुन एक्स्ट्रा भर्जिन ओलिभ आयल प्रयोग गरी नुहाउँदा छाला नरम तथा कोमल हुन्छ । अनुहारमा चमक ल्याउन यसको मास्क पनि प्रयोग गर्न सकिन्छ । एक टेबल स्पुन ओलिभ आयलमा एउटा अण्डाको सेतो भाग तथा कागतीको रस मिसाएर अनुहारमा प्रयोग गरी ५–१० मिनेटपछि मनतातो पानी र त्यसपछि चिसो पानीले धुँदा फाइदा मिल्छ ।
केशलाई नरम एवं चम्किलो बनाउन एउटा अण्डाको सेतो भागमा दुई चम्चा ओलिभ आयल तथा एक चम्चा कागती रस मिसाएर तयार पारिएको पेस्ट लगाउनुपर्छ । १५ मिनेटपछि स्याम्पु तथा कन्डिसनर गर्न सकिन्छ । नङलाई सुन्दर र बलियो बनाउन ओलिभ आयल प्रयोग गर्न सकिन्छ । ओलिभ आयललाई मनतातो बनाउने र ५–१० मिनेटसम्म त्यसमा नङ डुबाएर राख्ने । आई क्रिमका रूपमा पनि ओलिभ आयल प्रयोग गर्न सकिन्छ । आँखा वरपर यो तेल लगाएर हल्का हातले मालिस गरे मसिना रेखा कम हुन्छन् ।