स्वस्थकर योमरी
चिसो मौसममा चाकुले शरीरलाई न्यानो बनाउनुका साथै तागत पनि दिने भएकाले योमरीमा चाकुको प्रयोग गरिएको बूढापाकाहरू बताउँछन् । योमरी पूर्णिमा विशेष गरी मंसिरमा पर्ने हुनाले चिसो बढ्दै गएको हुन्छ र यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउँछ ।
धेरै मानिस चियाप्रेमी हुन्छन् । घरमा पाहुना आउँदा, अफिसमा समय बिताउन, अल्छीपन हटाउन चिया पिउने बानी धेरैमा हुन्छ । कसै–कसैमा त्यत्तिकै पनि दिनमा धेरै पटक चिया पिउने बानी हुन्छ । यस्तो बानी छ भने सचेत हुनु आवश्यक छ । धेरै चिया पिउँदा मस्तिष्क कमजोर हुनसक्छ । विशेषज्ञहरूका अनुसार धेरै चिया पिउँदा मस्तिष्कमा असर पर्छ र स्मरणशक्ति कमजोर हुन्छ । यसबाट मस्तिष्कका स–साना नसाको कार्यक्षमता कम हुँदै जान्छ ।