Successfully Copied

अस्टियोपोरोसिस

उमेरको वृद्धिसँगै महिलाको हड्डी कमजोर हुन थाल्छ । फलस्वरूप अनेकन रोग उत्पन्न हुनसक्छन् ।

उमेरको वृद्धिसँगै महिलाको हड्डी कमजोर हुन थाल्छ । फलस्वरूप अनेकन रोग उत्पन्न हुनसक्छन् । 

अस्टियोपोरोसिस हुने​ कारण

–उमेरको वृद्धिसँगै महिलाको शरीरमा एस्ट्रोजन हार्मोनको स्तर कम हुन थाल्छ फलस्वरूप हड्डी कमजोर हुन्छ ।

–हड्डी क्याल्सियम तथा फस्फोरसबाट बनेको हुन्छ । क्याल्सियमको कमीले टुटेको हड्डी अर्कोपटक जोडिँदैन र धेरै कमजोर पनि हुन्छ । 

–कुनै–कुनै औषधिको सेवनले पनि हड्डी कमजोर हुनसक्छ । 

–मदिराजन्य पेय पदार्थ बढी मात्रामा सेवन गर्दा पनि हड्डीसम्बन्धी समस्या उत्पन्न हुन्छ ।

कसरी बच्ने ? 

–नियमित खानामा दूध, दही, हरियो सागपात, जुसजस्ता क्याल्सियमयुक्त खानेकुरा समावेश गर्नुपर्छ । 

–बलियो हड्डीका लागि भिटामिन डी पनि जरुरी हुन्छ । भिटामिन डीको प्रभावकारी एवं सुलभ स्रोत सूर्यको किरण हो । आवश्यक परे डाइट सप्लिमेन्टको साटो भिटामिन डीको क्याप्सुल पनि खान सकिन्छ । 

–धेरै कफी सेवन गर्नुहुँदैन । कफीमा हुने कफिनले हड्डी कमजोर बनाउँछ । त्यसबाहेक स्पोर्टस ड्रिंक्स, सप्लिमेन्ट्स तथा विभिन्न औषधिमा पनि कफिन हुनसक्छ । 

–योग गर्नु फाइदाजनक हुन्छ । दिनहँु १० मिनेट योग गर्दा आराम महसुस हुन्छ । यसले पुट्ठा तथा मेरुदण्ड मजबुत बनाउँछ । 

–नियमित रूपमा केही समयको अन्तरालमा बोन डेन्सिटी टेस्ट गराउनुपर्छ । 

जुन महिलाको ४५ वर्षभन्दा पहिले मेनापज हुन्छ त्यस्ता महिलालाई यो रोग लाग्ने खतरा बढी हुन्छ । महिनावारी अनियमित छ भने अस्टियोपोरोसिस लाग्ने सम्भावना बढ्छ । 

डा. उर्मिला कार्की, काठमाडौं मेडिकल कलेज, सिनामंगल

 Image