Successfully Copied

उमेरअनुसार डाइटमा गरौं परिवर्तन

मेटाबोलिक रेट तीव्र हुन्छ र गरिष्ठ भोजन पनि चा“डै पच्छ ।

किशोरावस्था 

किशोरावस्थादेखि ३० वर्षसम्मको उमेरसम्म पाचन क्षमता बलियो हुन्छ । मेटाबोलिक रेट तीव्र हुन्छ र गरिष्ठ भोजन पनि चा“डै पच्छ । परौंठा, पुरी, खिर, हलुवा आदि कहिलेकाही“ खान सकिन्छ । 

किशोरावस्थामा जोकोही आफ्ना मित्रजनबाट बढी प्रभावित हुन्छन् र जंकफुडमा बढी रुचि देखाउ“छन् । कतिपय किशोर भने आफ्नो तौललाई लिएर बढी सजग हुन्छन् । बालबालिकालाई घरमा बनेको स्वस्थकर खाना ख्वाउनुपर्छ, जसका कारण उनीहरूमा पोषणको कमी नहोस् । 

  • हाम्रो उमेर बढ्छ, तर हाम्रो खानपानको व्यवहार परिवर्तन हु“दैन । त्यही परौंठा र पुरी जुन हामी २० वर्षको उमेरमा खान्छौं, ४० मा पनि त्यही खान्छौं र ६० मा पनि । परिणाम हामी बिरामी हुन्छौं र कतिपय शारीरिक एवं मानसिक समस्याले सताउ“छ । 
  • उमेरको वृद्धिस“गै पाचन क्षमता घट्दै जान्छ र गरिष्ठ भोजन पचाउन कठिन हुन्छ । 

तीस वर्षपछि 

  • डाइटिसियनहरूका अनुसार ३० वर्षपछि मेटाबोलिज्म घट्दै जाने हु“दा डाइटमा पर्याप्त पोषकतत्व हुनुपर्छ । 
  • डाइटमा  ५ पोर्सन्स फल र तरकारी हुनुपर्छ ।
  • क्याल्सियमयुक्त आहार पनि आवश्यक छ, विशेषगरी महिलाका लागि, कारण ३५ वर्षपछि महिलाहरूको हड्डी कमजोर हुन्छ । क्याल्सियम इनटेकको ख्याल गरिएन भने अस्टियोपोरोसिसको शिकार बन्न सकिन्छ । 

चालीस वर्षपछि 

  • ४० वर्षपछि प्रायःजसोको कोलेस्ट्रोल र ब्लड प्रेसर बढ्छ । यो उमेरका मानिसले सातामा एकपटक ओयली फिस जस्तै ताजा टुना, सोलमन, मेकेरेल, किपर्स तथा सार्डिनको एउटा वा दुईवटा पोर्सन खानुपर्छ । यसले ओमेगा थ्री फेरि एसिड्स प्रदान गरी ह्दयलाई स्वस्थ राख्न मद्दत गर्छ । 
  • यो उमेरमा निद्रा नआउने समस्या उत्पन्न हुनुका साथै तनाव, हड्बडाउने र थकान बढ्न सक्छ । यसबाट जोगिन क्याल्सियम र मेग्रिसियम चाहिन्छ जुन हरियो सागपात, ओखर तथा अन्य ड्राइफुटबाट प्राप्त हुन्छ । 
  • ४० वर्षपछि मानिसको रूप–रंगमा पनि परिवर्तन आउन थाल्छ । शरीर क्रमशः कमजोर हु“दै जान्छ । त्यसैले पूर्णरूपमा स्वस्थ रहन हरेक रंगका फलफूल एवं तरकारी खानुपर्छ । फलफूल  एवं तरकारीको रंग जति गाढा हुन्छ, एन्टिअक्सिडेन्ट्सको मात्रा त्यति नै बढी हुन्छ । बेरिज र रातो भेंडेखुर्सानीलाई पनि आफ्नो डाइटमा समावेश गर्नुपर्छ । 
  • जब महिलाहरूमा मेनोपज हुन्छ तब फाइटोएस्ट्रोजेनको मात्रा बढ्छ । सोयाबिन्स, बदाम र फ्लेक सिड्समा तथा भिटामिन ईको मात्रा बढाउ“दा पनि मेनोपजको साइड इफेक्टस“ग लड्न मद्दत मिल्छ । 

पचास वर्षपछि

  • ५० वर्षपछि सबैभन्दा बढी समस्या हुन्छ । नुनको मात्रा एकदम कम गर्नुपर्छ । बढीभन्दा बढी दिनभरिमा ६ ग्रामसम्म मात्र नुन सेवन गर्न सकिन्छ । नुनको साटो स्वस्थकर मसला तथा जडीबुटी सेवन गर्नु उपयुक्त हुन्छ ।
  • शरीरमा बोसो बढ्न दिनु हु“दैन । विशेष रूपमा पेट र कम्मर वरपर होइन भने डाइबिटिजको सम्भावना वृद्धि हुन्छ । कारण ती स्थानमा बढेको बोसोले इन्सुलिनलाई राम्रोस“ग काम गर्न दि“दैन । अतः बढी स्टार्ची कार्बोहाइडे«ट्स प्रयोग गर्नु हु“दैन । 
  • खानामा लापरबाही गर्नु हु“दैन, खानपानको मात्रा पनि कम गर्नु ठीक होइन । दिनमा तीन पटक भोजनको आवश्यकता हुन्छ । होलग्रेन ब्रेड, पास्ता तथा चामल आदिले लामो समयसम्म पेट भरिएको अवस्थामा राख्छ । 
  • पुरुषहरूले यो उमेरमा टमाटर, तरबुजा र मेवा बढी सेवन गर्नुपर्छ । कारण यिनमा भएको लाइकोपिन प्रोस्टेटले क्यान्सरको सम्भावना कम गर्छ । 

साठी वर्षपछि 

  • ६० वर्षपछि शरीरमा मिनरल्स र भिटामिनलाई पचाउने क्षमता पनि कम हुन्छ । 
  • आफ्नो डाइटमा रातो मासु समावेश गर्नु लाभदायक हुन्छ, कारण यसमा माइक्रो न्युट्रियन्ट्स हुन्छ । भिटामिन ‘बी’ टु अत्यन्त महत्वपूर्ण हुन्छ तर यो तरकारीबाट प्राप्त हु“दैन । 
  • ६० वर्षपछि रोगप्रतिरोधक तन्त्र पनि कमजोर हुन्छ, । आफ्नो डाइटबाट यसलाई बलियो बनाउन सकिन्छ । भिटामिन सीको मात्रा बढाउनुपर्छ । यसका लागि फ्रुट जुस पिउनुपर्छ । भिटामिन सीले कोलाजन बढाउ“छ ।
  • कोलाजनले कोशिका, छाला, हड्डी, दा“त र कनेक्टिभ टिस्युजको आकार तथा बनावटलाई कायम राख्न मद्दत गर्छ । यसले घाउ–चोट आदिलाई चा“डै ठीक गर्न सहायता गर्छ । 
  • ६० वर्षसम्म आउ“दा मानिसहरू पानी पनि कम पिउन थाल्छन् जसबाट डिहाइड्रेसन, कब्जियत तथा युरिनरी ट्रेकट इन्फेक्सन हुन सक्छ । त्यसैले दिनहु“ डेढदेखि दुई लिटर पानी पिउनुपर्छ । 
  • सेचुरेटेड फ्याटको मात्रा कम गर्नुपर्छ । बिस्कुट, केक तथा तयारी फुडबाट जोगिनुपर्छ । 

सत्तरी र त्यसभन्दा बढी उमेरमा 

  • यो उमेरमा एनर्जी र प्रोटिनको आवश्यकता कम हुन्छ । यो उमेरमा २० वा ३० को उमेरको जस्तो डाइट उपयुक्त हु“दैन । 
  • टेस्ट बड्स कम हुनु र उमेर बढ्नुका कारण भोक पनि कम लाग्छ अनि तौल पनि कम हुन्छ । यस्तोमा मोनोअनसेचुरेटेड फ्याट लिनुपर्छ । आलुलाई उसिनेर मुछेपछि त्यसमा ओलिभ ओयल मिसाएर खानुपर्छ । यसले एनर्जी प्रदान गर्छ । दूध तथा दूधबाट बनेका परिकार पनि खान सकिन्छ ।
  • यो उमेरमा रोगप्रतिरोधक शक्ति कम हुन्छ तसर्थ सूप र सलादको मात्रा बढाउनुपर्छ । यो पचाउउन सहज हुनुका साथै एन्टी अक्सिडेट्सयुक्त समेत हुन्छ । 
  • यतिबेला पाचनसम्बन्धी समस्या पनि बढ्छ, जसबाट कब्जियत तथा पाइल्स हुन्छ । अतः फाइबरयुक्त आहारका साथ प्रशस्त मात्रामा पानी पिउनुपर्छ । 

 Image