Successfully Copied

थाइराइड

थाइराइड एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीमा हुन्छ यसलाई गलगाँड पनि भनिन्छ ।

थाइराइडको चर्चा आजकल धेरै हुने गरेको छ । खासमा यो ठूलो रोग भने होइन । तर यसको उपचार समयमै गरिएन भने विभिन्न किसिमका जटिल रोग लाग्न सक्छ । थाइराइड एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीमा हुन्छ यसलाई गलगाँड पनि भनिन्छ । यसको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो । यसले शरिरको मेटाबोलिजममा काम गर्छ र हाम्रो शरिरलाई फूर्तिलो बनाएर राख्छ । थाइराइड रोग विभिन्न प्रकारका हुन्छन्– 

थाइराइडको किसिम 

१) हाइपोथाइराइडिजम– हाइपोथाइराडिजम भएमा शरिरमा आलस्यपन, वजन बढ्ने मूड डिसअर्डर, महिनावारी गढबढ हुने जस्ता विभिन्न लक्षण देखापर्छन् । टीसी र टी ४ हार्मोनको कमी हुँदा टी एस एच तत्व उच्च हुन्छ । यसले गर्दा शरीर नै सुस्त भएजस्तो महसुस हुन्छ । शरीरमा शक्ति नभएजस्तो, थाकेजस्तो हुन्छ । छाला सुख्खा हुनुका साथै बढी निद्रा लाग्छ । मांसपेशी तथा हातखुट्टा दुख्छन् । स्मरण शक्तिमा कमी आउँछ । गलगाँड आउने तथा घाँटीमा अप्ठ्यारो महसुस हुने हुन्छ । 

यसैगरी निद्रा नपुगेका जस्तो महसुस हुने, केश झर्ने खुट्टा सुन्निने जस्ता समस्या देखिन्छ । 

थाइराइड धेरै नै भएमा भने आँखा बढ्ने पनि देखिन्छ । महिनावारी गढबढ हुनु, बच्चा पेटमा रहन गाह्रा हुने जस्ता समस्या पनि हुन सक्छन् । कतिपयले घाँटी खसखस हुनुलाई पनि थाइरोइडको समस्या भन्ठान्छन् । थाइरोइडको कारणले यस्तो नहुन सक्छ । 

२) हाइपरथाइरोडिजम– रगतपरीक्षण गर्दा टिफोर टिथ्री(त्४त्३) हर्मोनको मात्रा शढी देखिने र टिएसएच हर्मोनको मात्रा घटी देखिएमा हाइपरथाइरोडिजम भएको मानिन्छ । थाइरोइडको मात्रा बढी हुने रोग भएको अवस्थामा मुटु ढुकढुक गर्ने, हात काम्ने, पसिना खलखली आउने, वजन घट्ने, थकान महसुस हुने, शरीर गल्ने, हातखुट्टा दुख्ने आदि समस्या देखिन्छ । थाइरोइड धेरै भएमा कसैकसैमा आँखा अलि अगाडि बढ्ने समस्या देखिन्छ ।  यस अन्तर्गत ग्रेब्स डिजिज पनि पर्छ । 

बक्समा 

यो रोग जुनसुकै उमेरको मानिसलाई हुन सक्छ । पुरुषको तुलनामा बढी महिलालाई थाइरोइडको समस्या बढी हुने गर्छ । किनकी पुरुषको तुलनामा महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । यसले गर्दा नौ जना महिलालाई थाइराइड भएको छ भने एक जना पुरुष मात्र यसको सिकार हुन्छन् । यसको अर्को कारण वंशाणुगत पनि हो । साथै रोगप्रतिरोधक क्षमता पनि हो । र वातावरणले पनि यसमा असर पारेको हुन्छ । 

थाइराइड हुने कारण 

  • कतिपयमा जन्मजात यो रोग देखिन्छ ।
  • यो रोगको मुख्य कारण हार्मोनको असन्तुलन हो । 
  • परिवारमा पहिले कसैलाई यो रोग लागेको छ भने पनि यसको सिकार हुने सम्भावना वृद्धि हुन्छ । 
  • कसरी जोगिने ?
  • थाइराइडको शंका लागे तुरुन्त चिकित्सकको सल्लाहमा रगत जाँच गराउनुपर्छ । 
  • यस्ता बिरामीका लागि आयोडिनको सेवन फाइदाजनक हुन्छ । नुनका अतिरिक्त समुद्री वनस्पति तथा माछामा पनि पर्याप्त आयोडिन हुन्छ । 
  • ताजा हरियो सागपात खानुपर्छ । बन्दाकोभी तथा काउली खानु हुँदैन भन्ने धारणा कतिपयमा छ जुन गलत हो । 
  • फास्टफुड, जंक फुड एवं धूम्रपानको सेवन बन्द गर्नुपर्छ । 
  • प्रशस्त मात्रमा भिटामिन ‘डी’ पाइने माछा, अण्डा, गाजर, मसरुम आदिले थाइराइड नियन्त्रित राख्न सघाउ पुर्‍याउने हुँदा यस्ता कुरा नियमित सेवन गर्नुपर्छ । 
  • सेलेनियमयुक्त बदाम, ओखरजस्ता खाद्यपदार्थ खानु पनि फाइदाजनक हुन्छ । 
  • गाईको दूध, दही, पनीर, काजु तथा सनफ्लावरको बीउ थाइराइडका बिरामीहरूका लागि लाभदायक मानिन्छ ।

उपचार

यसको उपचार सम्भव छ । जुन कुराको कमी छ त्यसको पूर्तिका लागि रिप्लेसमेन्ट थेरापी गरिन्छ । थाइराइडको प्रकार हेरेर उपचार गराउनुपर्ने हुन्छ । औषधि, रेडियोआयोडिन थेरापीद्वारा पनि यसको उपचार गरिन्छ । गलगाँड काटेर फाल्नुपर्ने अवस्थामा सर्जरी पनि गराउनुपर्ने हुन्छ । थाइराइडका कारण क्यान्सर पनि हुने भएकाले सर्जरीको आवश्यकता पर्छ । हिजोआज थाइराइड जोकसैलाई पनि हुन सक्छ ।

(हिमाल हस्पिटलका इन्डोक्राइनोलोजिस्ट  डा. मधु पाण्डेसँगको कुराकानी )

 Image