होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
प्राय: महिलाहरू शिशु जन्मिएपछि आफ्नो फिगरका सम्बन्धमा त्यति जागरुक हुँदैनन् । न त आफ्नो फिगरका लागि वर्कआउट नै गर्छन् तर आज स्मार्ट महिलाहरूको समय छ । गृहिणी वा कामकाजी महिला जे भए पनि स्वयंलाई मेन्टन गर्नाले अनेकौं कठिनाइबाट जोगिन सकिन्छ । फिट रहनाले धेरै रोगबाट बच्न सकिन्छ ।
त्यसो त शिशुलाई जन्म दिनेबित्तिकै महिलाहरूको तौल ६ किलोग्रामसम्म कम हुन्छ । गर्भावस्थामा बढी भोजन गर्दा बोसो सहज रूपले पग्लदैन । डेलिभरीको केही समयपछि महिलाहरू आफ्नो साधारण दिनचर्यामा फर्कन सक्छन् । गर्भावस्थाको केही महिनापछि उनीहरूले पुन: पहिलेको फिगर प्राप्त गर्न सक्छन् ।
कहिले प्रारम्भ गर्ने वर्कआउट
आमा बनेकाहरूले पहिलेको जस्तो बडी सेप प्राप्त गर्न धैर्य गर्नुपर्ने हुन्छ । एकदमै प्रारम्भिक दिनहरूमा मात्र स्ट्रेचिङ एक्सरसाइज गर्न सकिन्छ । दूध बनाउन शरीरले ५ सय अतिरिक्त क्यालोरी प्रयोग गर्छ । त्यसैले फिड गराउँदा क्यालोरी तीव्र गतिमा बर्न हुन्छ । यो समयमा डाइटिङ वा हेभी वर्कआउटले कमजोरी हुन सक्छ । प्रारम्भिक दिनहरूमा प्रात:भ्रमण, योगजस्ता लाइट एक्सरसाइज गर्न सकिन्छ । फिटनेस एक्सपर्टहरूका अनुसार नर्मल डेलिभरी छ भने करिब डेढ महिनापछि वर्कआउट गर्न सकिन्छ । ब्रेस्ट फिडिङ गरेपछि व्यायाम गर्नु ठीक हुन्छ । सिजेरियन डेलिभरी हो भने लगभग ६ महिनापछि जिममा वर्कआउट प्रारम्भ गर्न सकिन्छ । डेलिभरीमा कुनै कम्प्लिकेसन्स छ भने वर्कआउट वा डाइट प्लान गर्नुपूर्व चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।
कस्तो हुनुपर्छ डाइट
प्रारम्भिक दिनहरूमा डाइट कन्ट्रोल गर्नु हानिकारक साबित हुन सक्छ । कारण यतिबेला महिलाहरूलाई अतिरिक्त भोजनको आवश्यकता पर्छ । त्यसैले यो समयमा डाइटिङ गर्नु ठीक होइन । जब ब्रेस्ट फिड गर्न बन्द गरिन्छ तब आफ्नो भोजनप्रति सचेत हुनुपर्छ । यतिबेला डाइटिङ होइन डाइट कन्ट्रोल तथा सन्तुलित भोजन गर्नुपर्छ ।
उपयोगी व्यायाम
गर्भावस्थापछि आवश्यकताअनुसार व्यायाम गरियो भने राम्रो परिणाम प्राप्त हुन्छ । फिटनेस एक्सपर्टहरूका अनुसार हरेक व्यक्तिको बडी संरचना फरक–फरक हुन्छ । त्यसैले तौल कम गर्न कुनै निश्चित व्यायाम तय गर्न सकिँदैन । जिम गइँदै छ भने पर्सनल ट्रेनरको सल्लाहअनुसार नै वर्कआउट वा डाइट मिलाउनुपर्छ ।
कार्डियो एक्सरसाइज
फिटनेस एक्सपर्टहरूका अनुसार कार्डियो एक्सरसाइज सहज हुन्छ । यसप्रकारको व्यायामका लागि कुनै उपकरणको आवश्यकता पर्दैन र त्यसलाई घरमै पनि गर्न सकिन्छ । जस्तै घुमफिर, ब्रिस्ट वाकिङ, जगिङ र स्वीमिङ उपयोगी कार्डियो व्यायाम हुन् । त्यसबाहेक योग र एरोबिक्स पनि फिट रहने राम्रा उपाय हुन् ।
क्रिसक्रस व्यायाम
जमिनमा पल्टेर आफ्ना दुवै हातलाई शिरमुनि राखेर दबाउनुपर्छ र कुहिना फैलाउनुपर्छ । आफ्नो एउटा घुँडालाई छाती नजिक ल्याउनुपर्छ र अर्को खुट्टालाई स्ट्रेच गर्नुपर्छ । त्यसपछि शिर तथा काँधलाई जमिनबाट उठाउनुपर्छ र पहिले उठाइएको घुँडातर्फ बढाउँदै आफ्नो कुहिनादेखि अर्कोतर्फको घुँडाले छुने प्रयास गर्नुपर्छ । यसरी खुट्टालाई आलोपालो गरी १०–१५ पटक दोहोर्याउनुपर्छ । थकान महसुस भयो भने बीचबीचमा केही मिनेटमा ब्रेक लिन सकिन्छ ।
सानो प्रयास
स्वयंलाई फिट राख्न पैदल यात्रा गर्नुपर्छ । पार्लर जाँदा, घरका सामान खरिद गर्दा, अफिसमा लिफ्टको साटो सिंढी प्रयोग गर्दा पनि पर्याप्त फाइदा हुन्छ । यस्तो हल्काफुल्का एक्सरसाइज दिनभरि चलिरहन सक्छ ।
स्ट्रेच मार्कस्
तौल कम वा बढी हुने स्थितिबाहेक गर्भावस्थापछि स्ट्रेच मार्कस् देखापर्छन् । यो धेरैजसो एब्डोमिनल एरिया, ब्रेस्ट वा हिप्समा हुन्छ । मार्कस् हटाउन हिजोआज बजारमा विभिन्न क्रिम उपलब्ध छन्, जसको नियमित प्रयोगले यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
स्किन टाइटनिङ
गर्भावस्थापछि छाला तन्किएका कारण फिगर पूर्णरूपले बिग्रन्छ । यसका लागि जिममा गएर स्किन टाइटनिङ थेरापी तथा मुहारको झुन्डिएको छालाका लागि फेसियल गरिन्छ । क्रन्चिङबाट स्किनलाई प्राकृतिक रूपमै टाइट गर्न सकिन्छ ।