Successfully Copied

टि–ट्रि आयल

टि–ट्रिको बिरुवा अस्ट्रेलियाको समुद्री इलाकामा पाइन्छ । तैलीय र एक्नेयुक्त छालाका लागि यो राम्रो औषधि मानिन्छ । मेकअपपछि र्‍यासेज निस्कन्छ वा पिम्पलको समस्या छ भने टि–ट्रि तेल प्रयोग गर्न सकिन्छ ।

टि–ट्रिको बिरुवा अस्ट्रेलियाको समुद्री इलाकामा पाइन्छ । तैलीय र एक्नेयुक्त छालाका लागि यो राम्रो औषधि मानिन्छ । मेकअपपछि र्‍यासेज निस्कन्छ वा पिम्पलको समस्या छ भने टि–ट्रि तेल प्रयोग गर्न सकिन्छ । यसको सुगन्ध कडा हुन्छ । प्रचण्ड गर्मीमा यसले फ्रेस फिल गराउँछ । इच्छाअनुरूप टि–ट्रियुक्त बडी वास वा बडी क्रिम प्रयोग गर्न सकिन्छ । 

फुटेको ओठमा : दुई थोपा टि–ट्रि तेललाई एउटा ठूलो चम्चा जोजोवा तेलका साथ आफ्नो कोल्ड क्रिममा मिसाएर फुटेको ओठमा दिनमा दुई पटक प्रयोग गर्नुपर्छ । यसले फुटेको क्युटिकलमा पनि राम्रो काम गर्छ । 

तैलीय छालाका लागि : तीन थोपा टि–ट्रि तेललाई तीन ठूलो चम्चा दही वा जौको पाउडरमा मिसाउने । यसलाई सफा मुहारमा दलेर १० मिनेटपछि मनतातो पानीले सफा गर्ने ।

चम्किलो केशका लागि : बिग्रिएको र दुईमुखे केशको उपचारका लागि टि–ट्रि तेल बेस स्याम्पु प्रयोग गर्नुपर्छ । शुद्ध टि–ट्रि तेलको केही थोपा आफ्नो स्याम्पुमा मिसाएर केश धुँदा केश सुन्दर हुन्छ । 

टिप्स : टि ट्रि तेल प्रयोग गर्दा मुखभित्र नजाओस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ, कारण यसको माध्यमबाट टक्सिजन शरीरभित्र जाने सम्भावना हुन्छ । त्यसैले टि ट्रि तेलयुक्त होममेड लिपबामलाई ध्यानपूर्वक प्रयोग गर्नुपर्छ 

 Image