Successfully Copied

व्यायामपछि छालाको हेरचाह

बढ्दो तौल घटाउन र उपयुक्त शारीरिक तौल कायम राख्न अनेक प्रयास गरिन्छ । यद्यपि महिलाहरू बिहान र राति सुत्नुभन्दा पहिले छालाको केयरका लागि प्रयास गरेझैं जिम जाँदा र त्यसपछि भने छालाको हेरचाहमा त्यति ध्यान दिँदैनन् ।

बढ्दो तौल घटाउन र उपयुक्त शारीरिक तौल कायम राख्न अनेक प्रयास गरिन्छ । यद्यपि महिलाहरू बिहान र राति सुत्नुभन्दा पहिले छालाको केयरका लागि प्रयास गरेझैं जिम जाँदा र त्यसपछि भने छालाको हेरचाहमा त्यति ध्यान दिँदैनन् । जिमपछि निम्न कुरामा विचार पुर्‍याउनु आवश्यक छ ।

फेसवास : जिमबाट आएपछि सबैभन्दा पहिले अनुहार सफा गर्नुपर्छ । यसका लागि छालाअनुसार फेसवास प्रयोग गर्नुपर्छ ।

मेकअप : व्यायाम गर्दा सुन्दर देखिन मेकअप गर्नुपर्दैन । कारण त्यो सुन्दर देखिने ठाउँ पनि होइन । जिम आफूलाई फिट बनाउने ठाउँ हो । त्यसैले जिम जाँदा मेकअपलाई पूर्णरूपमा प्रयोग गर्नुहुँदैन । मेकअप गरेर जिम जाँदा एक्सरसाइजका बेला पसिनाले मेकअप बग्छ र अनुहारको कोशिका बन्द हुन्छ ।

तातोपानीको प्रयोग : प्राय: महिलाहरू वर्कआउट गरेपछि तातोपानीको साबर लिन रुचाउँछन् । तातोपानीले नुहाउँदा मांसपेशीलाई आराम मिल्छ तर तातोपानीले छालाको प्राकृतिक तेल रित्याउने भएकाले छाला सुख्खा र इचिङ हुन थाल्छ । त्यसैले सधै तातोपानीले नुहाउनु हुँदैन । आवश्यकताअनुरूप तातोपानी प्रयोग गर्न सकिन्छ ।

रिहाइड्रेट गर्नुपर्छ : छालालाई रिहाइड्रेट गर्ने सही समय स्नानपछि हो । त्यसैले शरीर टाबलले पुछेपछि सम्पूर्ण शरीरमा मोइस्चराइजर र बडी लोसन प्रयोग गर्नुपर्छ । यसले छालालाई कोमल बनाउँछ । तातोपानीले नुहाएपछि मोइस्चराइजर बढी प्रयोग गर्नुपर्छ ।

सफ्ट बनौं : वर्कआउटपछि धेरै पसिना आएका बेला स्क्रब गर्नुहुँदैन । स्क्रबको साटो सफ्ट स्याम्पु र क्लिन्जर प्रयोग गर्नुपर्छ, यसले छालालाई कोमल राख्नुका साथै त्यसलाई चमक पनि प्रदान गर्छ ।

फेसप्याक : एक्सरसाइजपछि पसिना निस्कनु स्वाभाविक हो तर यसबाट छाला सुख्खा र डल देखिन्छ । त्यसैले मुहारमा फेसप्याक प्रयोग गर्नुपर्छ जसबाट छाला कोमल देखिन्छ ।

आइस क्युब : जिमपछि छालाको छिद्र ठूलो हुन्छ, फलस्वरूप छालाको टेक्स्चर खराब हुन्छ । यस्तोमा  कटन नेपकिनमा केही आइस क्युब हालेर अनुहारमा हल्का हातले रगड्दा लाभ मिल्छ ।

 Image