‘आँखामा जलबिन्दु हुनसक्छ’
आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ ।
साधारणतया: उमेर वृद्धिसँगै दाँत पनि झर्न थाल्छन् । यस्तो स्थितिमा कृत्रिम दाँत लगाइन्छ । यसो गर्दा खानेकुरा पहिलेको जस्तै गरी खान सकिन्छ तर कृत्रिम दाँतले रोगलाई पनि निम्ता दिन्छ । दिनभर कृत्रिम दाँत लगाए पनि राति त्यसलाई निकाल्नुपर्छ । यसलाई पानीले भरिएको भाँडामा राख्नुपर्छ । कहिलेकाहीँ अल्छी लागेर यसलाई निकाल्न बिर्सिए तथा कृतिम दाँतको सरसफाइमा ध्यान नदिए यसमा भएका कीटाणु मुख हुँदै फोक्सोसम्म पुग्छन् जसले अनेकौं रोग निम्त्याउन सक्छ ।