Successfully Copied

धेरै पानी पिउनु पनि हानिकारक

एक अध्ययनअनुसार धेरै पानी पिउनु पनि हानिकारक हुन्छ । केही समयअघि बेलायतमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो ।

एक अध्ययनअनुसार धेरै पानी पिउनु पनि हानिकारक हुन्छ । केही समयअघि बेलायतमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । धेरै पानी पिउँदा मृगौला ठीक रहन्छ तर तौल कम हुनुका साथै एकाग्रता घट्छ । विशेषज्ञहरूका अनुसार धेरै पानी पिउँदा शरीरमा नुनको मात्रा कम हुन्छ । यसले दिमागमा असर पर्न सक्छ । प्रशस्त पानी पिउनाले बारम्बार पिसाब लागिरहन्छ । यसले गर्दा निद्रा पनि कम लाग्छ । खाना खानुअघि पानी पिए भोक कम लाग्ने कुरा पनि अध्ययनबाट पत्ता लागेको छ । 

मौसमको फाइदा 

मौसममा भिटामिन सी प्रशस्त पाइन्छ । मौसमबाट पोटासियम, आइरन, अमिनो एसिड, जिंक तथा भिटामिन बी पनि प्राप्त हुन्छ । यसले धमनीको रक्षा गर्छ । मौसम कोलस्ट्रोलको स्तर तथा तौल घटाउन पनि सहयोगी हुन्छ । मौसम खाँदा पाचनक्रिया ठीक रहन्छ । यो फल पत्थरी, निमोनिया, सर्दी तथा ज्वरोमा पनि फाइदाजनक साबित हुनसक्छ । यसको नियमित सेवन गरे अनुहारमा निखार आउँछ ।  

आँखाको रोगका लागि 

अनारको दाना पिसेर त्यसको रस छान्नुपर्छ । यो रसलाई आँखामा राखे आँखा रातो हुने तथा पोल्ने समस्या कम हुन्छ । 

थकाइ लाग्दा के खाने ? 

शरीरमा सामान्यभन्दा कम शक्ति हुनुलाई थकान भनिन्छ । धेरै शारीरिक परिश्रम गर्दा तथा खेल खेल्दा थकाइ लाग्न सक्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । थकाइ लागेका बेला भोजनमा ध्यान पुर्‍याउनुपर्छ । 

–प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन गर्नुपर्छ । 

–फलफूलमा आँप, अनार, स्याउ, अंगुर, जुनार, तरकारीमा पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी हुन्छ । 

–अंकुरित भोजन, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजी बदाम आदिको सेवन फाइदाजनक हुन्छ । 

–दूधमा मह मिसाएर पिउनुपर्छ । 

–भिटामिन बीको अभावमा थकान महसुस हुने हुँदा दैनिक भोजनमा भिटामिन बीयुक्त भोजन समावेश गर्नुपर्छ । चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेस्ता तथा काजुमा भिटामिन बी पाइन्छ । 

–थकाइको उपचारमा पोटासियमको विशेष महत्व हुन्छ । यसका लागि हरिया सागपात तथा दिनमा दुईवटा केरा खानुपर्छ । 

–त्यस्तै क्याल्सियम, सोडियम, जिंक आदिले पनि थकान निवारण गर्न विशेष भूमिका निर्वाह गर्छ । 

–माछा–मासुको सेवन पनि लाभदायक मानिन्छ । 

–५ सय मिलिलिटर गाजरको जुस, ३ सय मिलिलिटर चुकन्दरको जुस तथा १ सय मिलिलिटर काँक्राको जुस मिसाएर पिए शक्ति प्राप्त हुन्छ । 

–१ गिलास अनारको जुस पिउनु शक्तिबद्र्धक मानिन्छ । 

–दिनहुँ २ लिटर पानी पिए शरीरका कोषहरू ताजा तथा स्फुर्त हुनुका साथै बढी ऊर्जा प्राप्त हुन्छ । 

तस्विर: नवराज वाग्ले 

 Image