छुटाउनै नहुने खाद्यवस्तु
हामीले छुटाउनै नहुने खाद्यवस्तुहरू मेथी, कागती, बिमिरो र पुदिना (बाँवरीको पात) हुन् । यी खाद्यवस्तुमा पाइने पोषण र खनिज तत्वहरूले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् । 
                             
                             
               
              स्वास्थ्य विज्ञहरूका अनुसार स्वीमिङ पुलको पानीमा मिसाइएको क्लोरिन खतरनाक बन्नसक्छ । पानीमा क्लोरिनको मात्रा बढी भए श्वाससम्बन्धी समस्या उत्पन्न हुनसक्छ । यसका अतिरिक्त केश तथा छालासम्बन्धी समस्या पनि देखापर्न सक्छ । स्वीमिङ पुलमा धेरै किसिमका मानिस आउँछन् ।

त्यही पानीमा स्वीमिङ गर्दा रोगले ग्रसित तुल्याउन सक्छ । स्वीमिङ पुलमा जानुअघि मेकअप, हेयर प्रोडक्ट, बडी लोसन आदि प्रयोग गर्नुहुँदैन । यस्ता प्रसाधन पानीमा भएको क्लोरिनसँग मिसिएर खतरनाक साबित हुनसक्छन् ।